
उत्तर 24 परगना, 02 जून (हि.स.)। उत्तर 24 परगना जिल्लाको बादुड़ियामा तृणमूल कङ्ग्रेसका एकजना पञ्चायत प्रधानको शव आफ्नै घरभित्र गलफन्दामा झुण्डिरहेको अवस्थामा भेटिएपछि क्षेत्रमा कोकोहोलो मचियो। मृतकको पहिचान जाहिदुल हक बैद्यको रूपमा भएको छ जो यदुरहाटी उत्तर ग्राम पञ्चायतका प्रधान थिए। मङ्गलवार बिहान उनको घरबाट शव फेला पऱ्यो।
पुलिस अनुसार प्रारम्भिक रूपमा यो मामिला आत्महत्या प्रतीत भइरहेको छ तथापि मृत्युको वास्तविक कारण थाहा गर्न जाँच शुरू गरिएको छ। पुलिसले सबै पाटोहरूलाई ध्यानमा राखेर मामिलाको अनुसन्धान गरिरहेको छ।
स्थानीय सूत्र मुताविक पछिल्लो केही दिनदेखिको जाहिदुल हक बैद्य विभिन्न विवाद तथा आरोपहरूलाई लिएर चर्चामा आएका थिए। क्षेत्रका मानिसहरूले उनीमाथि भ्रष्टाचारको आरोप लगाउँदै लगातार विरोध प्रदर्शन गरिरहेका थिए। आरोप अनुसार ‘स्वच्छ भारत मिशन’ अन्तर्गत पञ्चायतलाई प्राप्त अत्याधुनिक ब्याट्र्री चालित फोहोर सङ्कलन गर्ने वाहनलाई बेचेर पैसा पचाए।
यसै आरोपलाई लिएर गत 31 मईमा ठूलो सङ्ख्यामा उपस्थित स्थानीय मानिसहरूको उनको घर अगाड़ि विरोध प्रदर्शन समेत गरेका थिए। प्रदर्शनकारीहरूले उनीविरूद्ध सिकायत दर्ता गराउँदै पक्राउ तथा मामिलाको निष्पक्ष जाँच गर्ने माग गरेका थिए।
भनिन्छ, विरोध प्रदर्शन पश्चात बादुड़िया थानाको पुलिस पनि जाँच गर्नको लागि उनको घरमा पुगेको थियो, तर त्यसबेला उनी घरमा थिएनन्। स्थानीय मानिसहरूले यो पनि दाबी गरेका छन्, उनीमाथि ऋणको ठूलो बोझ थियो जसले गर्दा उनी मानसिक दबावमा थिए।
हाल पुलिसले शवलाई पोस्टमर्टम गर्नको लागि पठाएर सम्पूर्ण मामिलाको जाँच शुरू गरेको छ। आत्महत्या, आर्थिक दबाव वा अन्य कुनै कारणले मृत्यु भएको हो- यी सबै सम्भावनाहरूको जाँच गरिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा