
नयाँ दिल्ली, 02 जून (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले आज बिहान आफ्नो एक्स ह्यान्डलमार्फत दृढ़ संकल्प र आत्मसंयम त्यस्तो शक्ति हो, जसले कठिनभन्दा कठिन बाटोलाई पनि सहज बनाइदिन्छ भनी बताएका छन्। उनले आजका युवा साथीहरू यही संकल्पका साथ राष्ट्र निर्माणमा निरन्तर समर्पित रहेको उल्लेख गरेका छन्।
यस सन्देशसँगै उनले एक सुभाषित पनि साझा गरेका छन्:
निश्चित्य यः प्रक्रमते नान्तर्वसति कर्मणः। अबन्ध्यकालो वश्यात्मा स वै पण्डित उच्यते॥
यो श्लोक महात्मा विदुरद्वारा रचित ‘विदुर नीति’ (महाभारतको उद्योग पर्व) बाट लिइएको हो। यस सुभाषितमा जीवनको सफलता, बुद्धिमत्ता र कार्यशैलीको सार समेटिएको छ।
यसबाट प्राप्त हुने शिक्षा अनुसार, सफलता हासिल गर्न दृढ़ संकल्प, निरन्तर प्रयास, समयको सदुपयोग तथा आत्मनियन्त्रण अत्यन्त आवश्यक हुन्छ।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी