
नयाँ दिल्ली, 0२ जून (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले आज तेलंगाना राज्यको स्थापना दिवसको अवसरमा राज्यवासीलाई हार्दिक शुभकामना व्यक्त गरेका छन्। उनले तेलंगानाको गौरवशाली इतिहास र समृद्ध संस्कृतिको प्रशंसा गर्दै केन्द्र सरकार राज्यको विकासमा पूर्ण सहयोग गर्न प्रतिबद्ध रहेको बताए।
प्रधानमन्त्री मोदीले आफ्नो एक्स पोस्टमा लेखेका छन्, “तेलंगाना राज्य स्थापना दिवसका अवसरमा तेलंगानाका सम्पूर्ण जनतालाई हार्दिक बधाई तथा शुभकामना। तेलंगानाका जनता आफ्नो सिर्जनशीलता र व्यावसायिक क्षमताका लागि परिचित छन्। यस राज्यको गौरवपूर्ण इतिहास र समृद्ध संस्कृति साहस, दृढ़ संकल्प र संघर्षशील भावनाको प्रतीक हो।”
उनले भने, “विकसित भारत निर्माण गर्ने हाम्रो सपनालाई साकार पार्ने दिशामा केन्द्र सरकार तेलंगानाको विकास यात्रामा पूर्ण सहयोग गर्न प्रतिबद्ध छ। म तेलंगानाका सम्पूर्ण नागरिकको सुस्वास्थ्य, सुख, समृद्धि र सफलताको कामना गर्दछु।”
प्रधानमन्त्री मोदीले तेलंगानाका जनता नवप्रवर्तन (इनोभेसन) र कर्मशीलताका लागि परिचित रहेको उल्लेख गर्दै राज्यको समृद्ध सांस्कृतिक तथा ऐतिहासिक विरासतको प्रशंसा गरेका छन्। साथै, उनले राज्यका सबै नागरिकको उत्तम स्वास्थ्य र उज्ज्वल भविष्यको कामना पनि गरेका छन्।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी