सिकोन अध्यक्ष मङ्गलजीत राईले सहकारिता मन्त्रालयका अधिकारीहरूसँग भेट गरे
सिकोन अध्यक्ष दिल्लीमा


गान्तोक, 02 जून (हि.स.)। सिक्किम राज्य सहकारी सङ्घ (सिकोन) अध्यक्ष डा. मङ्गलजीत राईले मङ्गलवार नयाँ दिल्लीस्थित अटल अक्षय ऊर्जा भवनमा भारत सरकारको सहकारिता मन्त्रालयका सचिव डा. आशिषकुमार भुटानी र अतिरिक्त सचिव सिद्धार्थ जैनसँग भेटघाट गरेका छन्।

बैठकको क्रममा डा. राईले जून, 2026 को अन्त्यतिर सिकोन, सिक्किमद्वारा आयोजना गरिने प्रस्तावित पूर्वोत्तर सहकारी सम्मेलनबारे छलफल गरे। उनले सम्मेलनका उद्देश्यबारे अधिकारीहरूलाई जानकारी गराए, जसमा सहकारी शासन, क्षमता निर्माण, डिजिटल रूपान्तरण, वित्तीय समावेशीकरण र ‘सहकार से समृद्धि’-दृष्टिकोणमा छलफल गर्न सबै आठ पूर्वोत्तर राज्यका सहकारी नेता, नीति निर्माता र हितधारकहरूलाई एकसाथ ल्याउने विषय समावेश छन्।

डा. राईले सम्मेलनको सफल आयोजनाका लागि सहकारी शिक्षा कोष (सीईएफ) अन्तर्गत स्वीकृत वित्तीय सहायताको शीघ्र निकासाका लागि ज्ञापनपत्र पनि पेश गरे।

सिकोनको तर्फबाट डा. राईले सम्मेलनमा सहभागी हुन सचिव र अतिरिक्त सचिवलाई औपचारिक निमन्त्रणा दिए। अधिकारीहरूले सहकारी आन्दोलनलाई सुदृढ़ पार्न सिकोनको प्रयासको प्रशंसा गरे र पहलका लागि आफ्नो समर्थन र मार्गदर्शनको आश्वासन दिए।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande