
नाम्ची, 02 जून (हि.स.)। भारत निर्वाचन आयोग (ईसीआई) द्वारा नेतृत्व गरिएको विशेष गहन पुनरीक्षण (एसआईआर) 2026, व्यापक र अद्यावधिक मतदाता नामावली प्राप्त गर्न नाम्ची जिल्लामा गणना फारामहरू वितरण चरणको चौथो दिनमा प्रवेश गरेको छ।
तदनुसार संशोधन अभ्यासको तेस्रो दिन बीएलओहरूद्वारा घरैदैलो भ्रमण गरेर जिल्लाभरि कुल 11,033 गणना फाराम वितरण गरिएको थियो। संशोधन अभ्यासमा मतदाता नामावलीमा रहेका सबै योग्य मतदाताको प्रमाणीकरण र रेकर्ड अद्यावधिक गर्ने प्रक्रिया समावेश छ।
उल्लेखनीय छ, बीएलओहरूले 28 जूनसम्म घर भ्रमण गर्नेछन्, जहाँ यस अवधिमा बीएलओहरूले गणना फाराम वितरण र सङ्कलन गर्नेछन् साथै सबै योग्य मतदाताहरूको नाम, उमेर, ठेगाना, फोटो र ईपिक नम्बरजस्ता विवरणहरू प्रमाणित र अद्यावधिक गर्न सहयोग गर्नेछन्।
जिल्ला चुनाउ कार्यालयले सबै योग्य मतदातालाई बीएलओहरूलाई सहयोग गर्न र विधिवत रूपमा भरिएका गणना फारामहरू समयमै पेश गर्न सुनिश्चित गर्न अपील गरेको छ।
राजनीतिक दलहरूले पनि आफ्ना बुथस्तरीय एजेन्ट (बीएलए) मार्फत यस अभ्यासमा सक्रिय रूपमा भाग लिइरहेका छन्, जसले मतदाता नामावली संशोधन प्रक्रियामा बढ़ी पारदर्शिता, शुद्धता र जनसहभागितामा योगदान पुऱ्याइरहेका छन्।
हिन्दुस्थान समाचार / बिशाल