सोरेङ जिल्लामा 5112 फाराम वितरित, 28 जूनसम्म जारी रहने
Sir from distribution continues in soreng


सोरेङ, 02 जून (हि.स.)। सोरेङ जिल्लामा स्वच्छ, सटीक र अद्यावधिक मतदाता नामावली सुनिश्चित गर्न भारत निर्वाचन आयोगले गरेको मतदाता नामावलीको विशेष गहन पुनरीक्षण (एसआईआर) 2026 को चौथो दिन अर्थात मङ्गलवार कुल 5112 फाराम वितरण गरिएको छ।

रिञ्चेनपोङ निर्वाचन क्षेत्रमा 1252, दरामदिन निर्वाचन क्षेत्रमा 1203, सोरेङ-च्याखुङ निर्वाचन क्षेत्रमा 1142, सालघारी-जूम निर्वाचन क्षेत्रमा 1515 गरी कुल 5112 गणना फाराम वितरण गरिएको छ।

घरदैलो भ्रमण गर्ने अभ्यास आगामी 28 जूनसम्म जारी रहने जानकारी गराइएको छ। आफ्नो भ्रमणको क्रममा बीएलओहरूले गणना फारामहरू वितरण गर्न र मतदाताहरूलाई उनीहरूको निर्वाचन विवरण प्रमाणित र अद्यावधिक गर्न सहयोग गर्न प्रत्येक घरमा पुग्नेछन्। विधिवत रूपमा भरिएका फारामहरू पेश गर्न अघि मतदाताहरूलाई आफ्नो नाम, उमेर, ठेगाना, फोटो, ईपिक नम्बर र परिवार विवरणजस्ता विवरणहरू ध्यानपूर्वक जाँच गर्न अनुरोध गरिएको छ।

विशेष गहन पुनरीक्षणको उद्देश्य मतदाता नामावलीमा सबै योग्य नागरिकहरूको समावेश सुनिश्चित गर्नु, मृतक, स्थानान्तरित र दोहोरिएका मतदाताहरूको नाम हटाउनु, मतदाता जानकारीमा त्रुटिहरू सच्याउनु र मतदाता नामावलीको शुद्धता र पारदर्शिता कायम राख्नु हो।

घरदैलो प्रमाणीकरण प्रक्रियाको क्रममा बीएलओहरूलाई पूर्ण सहयोग गर्न र तोकिएको समयसीमाभित्र आफ्नो गणना फारामहरू बुझाउन मतदाताहरूलाई अनुरोध गरिएको छ।

सहायताको लागि, मतदाताले आफ्ना सम्बन्धित बीएलओहरूलाई सम्पर्क गर्न, चुनाउ पञ्जीकरण अधिकारी (ईआरओ) वा सहायक चुनाउ पञ्जीकरण अधिकारी (एईआरओ) का कार्यालयहरू भ्रमण गर्न, मतदाता हेल्पलाइन एप प्रयोग गर्न वा हेल्पलाइन नम्बर 1950 मा कल गर्न सक्नेछन्।

राजनीतिक दलहरूले आफ्ना बुथ लेभल एजेन्ट (बीएलए) मार्फत पनि पारदर्शिता र व्यापक जनसहभागितालाई प्रवर्द्धन गर्न अभ्यासमा भाग लिइरहेका छन्। जिल्ला निर्वाचन अधिकारी, सोरेङले सबै योग्य मतदाताहरूलाई घर-घर प्रमाणीकरण प्रक्रियाको क्रममा बीएलओलाई सहयोग गर्न अपील गरेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande