
हुगली, 02 जून (हि.स.)। पश्चिम बङ्गाल राज्यका मुख्यमन्त्री बनेपछि पहिलो पटक शुभेन्दु अधिकारी मङ्गलवार हुगली जिल्लाको प्रसिद्ध तारकेश्वर मन्दिरमा पुगे। अपरान्ह लगभग 1:30 बजे उनले बाबा तारकनाथको दर्शन गरी पूजा-अर्चना गरे। त्यसपछि मन्दिर परिसरको छेवैमा अवस्थित अतिथि गृहमा हुगली जिल्लाका भाजपा विधायकहरू तथा प्रशासनिक अधिकारीहरूसित बैठक गरे।
मुख्यमन्त्री कोलकातादेखि सड़क मार्ग भएर दुर्गापुर एक्सप्रेसवे, सिङ्गुर, कामारकुण्डु, नालिकुल, जयकृष्ण बजार, पद्मपुकुर औ चाउलपट्टी हुँदै तारकेश्वर आइपुगे। यस अवधि शुभेन्दु अधिकारीले भने, तारकेश्वरमा एउटा कार्यक्रम थियो। यहाँ आउँदा म जहिल्यै पनि तारकेश्वरको दर्शन गरेर जाने हुनाले आज पनि यहाँ आएको हुँ। महादेव बिना केही पनि हुँदैन, बाबाले मलाई आशीर्वाद दिउन् अनि राम्रो काम होस्....यहाँ धेरै काम गर्नुपर्छ। तारकेश्वर धाम एउटा विशाल धाम हो जसको रङ्ग पहिला फेर्नुछ जुन रङ्ग भगवा हुनेछ।
उल्लेखनीय छ, वर्ष 2022 मा नेता प्रतिपक्ष छँदा शुभेन्दु अधिकारीले नवान्न अभियानको समर्थनमा तारकेश्वरबाट एउटा ऱ्याली निकालेका थिए। त्यसताक तिनलाई कालो झण्डा देखाएको तथा ढुङ्गामुड़ा गरेको आरोप तृणमूल कङ्ग्रेसमाथि लागेको थियो।
राम मन्दिर प्राण प्रतिष्ठापूर्व शुभेन्दु अधिकारीले भगवान रामको मूर्तिलाई शिरमा राखेर सम्पूर्ण तारकेश्वर नगरको परिक्रमा समेत गरिसकेका छन्। भाजपाले तारकेश्वर धामलाई एउटा ठूलो पर्यटन केन्द्रको रूपमा विकसित गर्ने कुरा पछिल्लो लामो समदेखिकै गर्दै आइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा