
कोलकाता, 02 जून (हि.स.)। पश्चिम बङ्गालमा हाल आद्रतापूर्ण गर्मीबाट राहत पाउने सम्भावना छैन। राज्यका अधिकांश भागहरूको तापमान 34-39 डिग्री सेल्सियससम्म पुगेको छ भने अधिक आद्रता भएको कारणले मानिसहरूले वास्तविक तापमानभन्दा अधिक गर्म़ी महसूस गरिरहेका छन्।
मौसम विभाग अनुसार दक्षिण बङ्गालका केही जिल्लाहरू विशेष गरी कोलकाता, हावड़ा, हुगली, पूर्व औ पश्चिम मेदिनीपुरमा अपरान्हपछि मेघ गर्जनसितै सामान्यदेखि मध्यम वर्षा अनि तीव्र हावा चल्ने सम्भावना छ। तथापि दिउँसो गर्मी र आद्रता कायम रहनेछ।
पश्चिम मेदिनीपुर औ खड़गपुर क्षेत्रको तापमान 36-38 डिग्री सेल्सियसबीच रहने अनुमान लगाइएको छ। यहाँ सप्ताहभरि नै कतै-कतै मेघ गर्जनसितै पानी पर्नसक्छ। यता उत्तर बङ्गालका जिल्लाहरूमा अपेक्षाकृत अधिक बादल लाग्नको साथै मध्यमदेखि घना वर्षा हुने सम्भावना व्यक्त गरिएको छ।
मौसम विशेषज्ञहरूको भनाइ छ, मनसुन राज्यमा प्रवेश नगरूञ्जेलसम्म मानिसहरूले गर्मी तथा आद्रताको सामना गरिरहनुपर्नेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा