सबैको सामूहिक प्रयासमा हिमाली विद्या निकेतनको पुनर्निर्माण, विद्यालय परिवारद्वारा आभार प्रकट
सबैको सामूहिक प्रयासमा हिमाली विद्या निकेतनको पुनर्निर्माण


सबैको सामूहिक प्रयासमा हिमाली विद्या निकेतनको पुनर्निर्माण


गान्तोक, 02 जून (हि.स.)। विद्या भारती अखिल भारतीय शिक्षा संस्थानको प्रान्तीय समिति 'विद्या भारती सिक्किम' अन्तर्गत दार्जिलिङ जिल्लाको बिजनबारी विकास खण्डको लङ्गुरदाङमा हिमाली विद्या निकेतन पुनर्निर्माण गरिएको छ। सबैको सामूहिक प्रयासमा विद्यालयलाई पुन: सञ्चालनमा ल्याउन सम्भव भएको बताइएको छ।

उल्लेख्य, दुई महिना अघि भारी वर्षाले विद्यालयलाई निकै क्षति गरेको थियो। यसपछि, विद्यालय सुचारू रूपमा सञ्चालन हुन सकेको थियो। शैक्षिक सत्रको शुरुवातमा नै यस्तो प्राकृतिक घटना दुर्भाग्यपूर्ण थियो। यद्यपि, विद्यालयका प्रधानाचार्य शेखर शर्माको अगुवाईमा आचार्य-आचार्या, विद्यार्थी, विद्यालय सञ्चालन समिति र अभिभावहरूले सबैको सहयोगमा विद्यालय पुन: सञ्चालनमा ल्याउने दृढ़ संकल्प लिए।

सुदूर गाउॅंमा स्थापित यस विद्यालयलाई फेरि खडा गर्न ​पूर्व विद्यार्थीहरू र उनीहरू अभिभावकहरू, स्थानीय नागरिक, सम्पूर्ण विद्यालय परिवार यस श्रेष्ठ राष्ट्रिय कार्यमा दिन-रात तन, मन र धनले सहयोग गर्नका लागि अगाडि आए। अत्यन्त कष्ट सहन गरेर विद्यालय परिवार अन्तत: विद्यालयलाई पुन: अस्तित्वमा ल्याउन सफल भए। स्थानीय नागरिकहरूले ज्ञानको द्वीपलाई निभ्न दिएनन्।

हिमाली विद्या निकेतन फेरि सुचारू रूपमा सञ्चालन शुरू भएको छ। विद्यालय परिवार र विद्या भारती सिक्किमले ​यस महान कार्यमा सहयोगको हात बढाउन सबै महानुभवहरूप्रति हार्दिक आभार प्रकट गरेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande