मनोज तिवारीको आवासमा आआप विधायक सञ्जीव झाका समर्थकहरूसित बबाल,सांसदले लगाए आरोप
मनोज तिवारीको आवासमा आआप विधायक सञ्जीव झाका समर्थकहरूसित बबाल,सांसदले लगाए आरोप


नयाँ दिल्ली, 03 जून (हि.स.)। दिल्लीको जगतपुर गाउँमा ओ-जोनलाई लिएर प्रशासनले गरेको कराबाहीको मामिलामा भारतीय जनता पार्टी (भाजपा)-का सांसद मनोज तिवारीको आवासमा आम आदमी पार्टी (आआपा)-का विधायक सञ्जीव झाका समर्थकहरू पुगेर मङ्गलवार अबेर राती बबाल गरे। आआप विधायक र उनका समर्थकहरूलाई पुलिसले त्यहाँबाट हटायो।

सांसद मनोज तिवारीले यहाँ पत्रकारहरूलाई सम्बोधन गर्दै आज भने, बुराड़ीका आआप विधायक सञ्जीव झा तथा झड़ौदाका पार्षद गगन चौधरी स्वयंले सरकारी जमीनमा गरिएको कब्जालाई बचाउनको लागि जनतालाई भ्रमित पारेर उनीहरूलाई भड़्काउने प्रयास गरिरहेका छन्। उनले बताए, विधायक सञ्जीव झा र पार्षद गगन चौधरी उनको घरमा आएका थिए। सांसदले दाबी गरे, अवैध रूपमा हत्याइएको जमीनलाई बचाउनको लागि यी दुईले षड़यन्त्र रचे, तर ग्रामीणहरूलाई भ्रमित पार्न सरकारलाई बदनाम गरिरहेका छन्।

सांसद मनोज तिवारीले स्पष्ट पारे, ओ-जोन नियम अन्तर्गत ती क्षेत्रहरूविरूद्ध कुनै कारबाही गरिएको छैन जुन पहिलाबाटै बाँधको पछाड़ि वा यमुना तर्फ छैन, जहाँ पछिल्लो 25-30 वर्षदेखिको बाँधको पानी पसेको छैन।

आआपा विधायक सञ्जीव झाले आज सोशल मीडिया एक्समा एउटा भीडियो जारी गर्दै भने, हिजो जगतपुर गाउँमा ओ-जोनको नाममा तोड़फोड़ भयो जबकि सांसद तिवारीले कुनै तोड़फोड़ हुँदैन भनेका थिए। उनले आरोप लगाए, गए मङ्गलवार गाउँका सम्मानित पञ्च तथा ग्रामीणहरूलाई लिएर उनी समाधान सोध्नका लागि सांसद समक्ष गए, तर उनले जवाफ दिनको सट्टा उनलाई र आआप पार्षदलाई पक्राउ गराए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande