
गुवाहाटी, 03 जून (हि.स.)। रायजोर दलका प्रमुख औ शिवसागरबाट विधायक अखिल गोगोईकी आमा प्रियदा गोगोईको बुधवार बिहान गुवाहाटीमा लामो बिमारीपछि निधन भयो। उनी 96 वर्ष पुगेकी थिइन्। पारिवारिक सूत्र अनुसार प्रियदा गोगोई पछिल्लो लामो समयदेखिकै बिमारसित जुझिरहेकी थिइन्। बुधवार बिहान उनले अन्तिम सास लिइन्। उनको निधनमा सम्पूर्ण असमका राजनीतिक नेताहरू, समर्थकहरू तथा शुभचिन्तकहरूद्वारा व्यक्त गरिएको शोक संवेदनाको ओइरो लागेको छ।
अखिल गोगोई आफ्नी आमाको अन्तिम क्षणमा आमाको साथमै थिए भने यस अवधि उनलाई अत्यन्त भावुक देखिएको थियो। राज्य सरकारका कट्टर विरोधी तथा जनहितका मुद्दाहरूमा आफ्नो सक्रियताको लागि मानिने यस अनुभवी विधायकले यस क्षतिलाई एउटा गहिरो निजी दुःख बताए।
उनको पार्थिव शरीरलाई जोरहाट जिल्लाको मोरियानीको छेउमा सेलेनघाट लगिँदैछ जहाँ परिवारका सदस्यहरू, आफन्तहरू तथा समर्थकहरूको उपस्थितिमा उनको अन्तिम संस्कार गरिनेछ।
प्रियदा गोगोईले आफ्नो छोराको राजनीतिक यात्रामा विशेष गरी वर्ष 2021-को असम विधानसभा चुनाउमा महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन्। त्यसताक अखिल गोगोई सीएए विरोधी प्रदर्शनको सिलसिलामा जेलमा थुनिएका थिए। शिवसागर निर्वाचन क्षेत्रबाट एकजना स्वतन्त्र उम्मेद्वारको रूपमा चुनाउ लड़्दा सबैभन्दा दृढ़ प्रचारकहरूमध्यमा उनकी आमा पनि एकजना थिइन्।
बढ़्दो उमेर भए पनि प्रियदा गोगोईले कथित रूपमा गर-घरमा गएर छोराको समर्थनमा भोट मागिन् साथै सार्वजनिक रूपमा उनको जेल रिहाईको माग पनि गरिन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा