बनगाउँमा तृणमूल पार्षद पापाई राहा पक्राउ
बनगाउँमा तृणमूल पार्षद पापाई राहा पक्राउ


उत्तर 24 परगना, 03 जून (हि.स.)। जिल्लाको बनगाउँ नगरपालिका अन्तर्गत वार्ड नम्बर 14 का तृणमूल कङ्ग्रेस पार्षद पापाई राहालाई पुलिसले पक्राउ गऱ्यो। उनीमाथि कथित रूपमा असुली, धम्की दिएको तथा विभिन्न असामाजिक गतिविधिहरूमा सामेल रहेको आरोप लगाइएको छ। यस कारबाहीपछि क्षेत्रमा व्यापक चर्चा तछा राजनीतिक खैलाबैला शुरू भएको छ।

पुलिस सूत्र अनुसार पापाई राहाविरूद्ध पछिल्लो लामो समयदेखिकै स्थानीय मानिसहरूले सिकायत दर्ता गराउँदै आइरहेका थिए। आरोप छ, उनीविरूद्ध क्षेत्रमा दादागिरी, अवैध असुली तथा धम्क्याएको सम्बन्धि सिकायत लगातार आइरहेको छ। यी सिकायतहरूको आधारमा बुधवार अपरान्ह बनगाउँ थानाको पलिसले गोपाल नगर क्षेत्रमा अभियान सञ्चालन गरी उनलाई पक्राउ गऱ्यो।

यो समाचार लेखुञ्जेलसम्म पार्टीको पक्षबाट यस मामिलामा आधिकारिक प्रतिक्रिया व्यक्त गरिएको थिएन। अर्कोतिर पुलिसको भनाइ छ, आरोपीविरूद्ध सिकायत तथा उपलब्ध प्रमाणहरूको आधारमा कानूनी कारबाही गरिएको छ। हाल पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande