गुवाहाटीबाट बेपत्ता चार जना छात्राहरूलाई पुलिसले हावड़ाबाट गऱ्यो उद्धार
गुवाहाटीबाट बेपत्ता चार जना छात्राहरूलाई पुलिसले हावड़ाबाट गऱ्यो उद्धार


गुवाहाटी, 03 जून (हि.स.)। गुवाहाटीबाट बेपत्ता भएका चार जना नाबालिक छात्राहरूलाई बशिष्ठ पुलिसले सकुशल उद्धार गरी ठूलो सफलता हासिल गरेको छ। सबै छात्राहरूलाई पश्चिम बङ्गालको हावड़ा सुरक्षित रेस्क्यू गरियो।

जानकारी अनुसार कक्षा छ र सातमा पढ़्ने 11-12 वर्ष आयु भएका चार जना छात्राहरू गत सोमवार स्कूल जाने क्रममा बाटोबाटै बेपत्ता भएका थिए। घटनापछि परिवार पक्ष चिन्तित थिए। तर पुलिसले तत्कालैै खोजतलास शुरू गऱ्यो।

बशिष्ठ पुलिसको तत्काल कारबाही तथा समन्वियत प्रयासको कारणले छात्राहरूको पत्तो लगाएर उनीहरूलाी हावड़ाबाट सुरक्षित उद्दार गरियो। त्यसपछि सबै छात्राहरूलाई उनीहरूका परिवारहरूलाई सुम्पिइयो। पुलिसले मामिलाको जाँच गरिरहेको छ। साथै यो पत्तो लगाउने प्रयास गरिरहेको छ कि यी छात्राहरू कुन परिस्थितिमा त्यहाँ पुगे अनि यस घटनामा अन्यको भमिका थियो कि थिएन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande