
गुवाहाटी, 03 जून (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले बुधवार प्रख्यात साहित्यकार डा. लक्ष्मीनन्दन बोराको पुण्यतिथिमा उनलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे। उनले डा. बोरालाई असमिया साहित्य आकाशका उज्जवल नक्षत्र बताउँदै उनको साहित्यिक योगदानलाई स्मरण गरे।
मुख्यमन्त्रीले आफ्नो सोशल मीडिया सन्देशमा भने, डा. बोराले आफ्नो शोधपरक सृजनात्मक प्रतिभाबाट असमिया साहित्यलाई नयाँ उचाईँसम्म पुऱ्याए। ‘भाओना’ कथाबाट आरम्भ भएको उनको सहित्यिक यात्राले अनेकौं अमूल्य कृतिहरूको माध्यमबाट साहित्य जगतलाई समृद्ध तुल्याए भने पाठकहरूको मनमा गहिरो छाप छोड़े।
उनले भने, डा. बोराले आफ्नो लेखनको माध्यमबाट समाज, मानव जीवनको सङ्घर्ष, मूल्य तथा समयको परिवर्तित धड़्कनलाई अत्यन्त प्रभावशाली ढङ्गमा अभिव्यक्त गरे। उनका साहित्यिक कृतियहरू, विचार एवं आदर्श नयाँ पिँढ़ीको लागि सदैव प्रेरणाको श्रोत बनिरहनेछ।
मुख्यमन्त्रीले भने, सरस्वती सम्मानबाट सम्मानित डा. लक्ष्मीनन्दन बोराको समृद्ध साहित्यिक धरोहरले भावी पिँढ़ीलाई मार्गदर्शन गरिरहनेछ। उनले महान साहित्यकारको पुण्यतिथिमा उनलाई विनम्र श्रद्धाञ्जली अर्पण गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा