दुई वर्षपछि स्वर्गका देवताहरू पनि गुवाहाटीलाई देखेर यतै बस्नेछन्: प्रद्युत बरदलै
दुई वर्षपछि स्वर्गका देवताहरू पनि गुवाहाटीलाई देखेर यतै बस्नेछन्: प्रद्युत बरदलै


गुवाहाटी, 03 जून (हि.स.)। गुवाहाटीलाई एक हरित औ आकर्षक महानगरको रूपमा विकसित गर्ने उद्देश्यले विधायक प्रद्युत बरदलैले भनेका छन्, आगामी दुई वर्षभित्रमा शहरको सुन्दरता यस्तो हुनेछ कि “स्वर्गका देवताहरू पनि गुवाहाटीलाई देखेर यतै बस्नेछन्।”

विधायकले बुधवार मीडियासित कुराकानी गर्ने क्रममा गुवाहाटीका सबै चार वटै विधानसभा क्षेत्रहरूमा एक-एक लाख वृक्षरोपण गर्ने महत्वाङ्क्षी योजनाको घोषणा गरे। उनले भने, यस व्यापक वृक्षारोपण अभियानको माध्यमबाट शहरको पर्यावरणीय सन्तुलनलाई मजबुत बनाउनको साथै यसको प्राकृतिक सुन्दरतालाई पनि नयाँ पहिचान दिइनेछ।

बरदलैले बताए, गुवाहाटीलाई “पर्पल सिटी” को रूपमा विकसित गर्ने दिसामा यो पहल गरिँदैछ। उनको मान्यतामा व्यापक रूपमा रोपिने फूलदार वृक्षले शहरलाई एक विशिष्ट र आकर्षक स्वरूप प्रदान गर्नेछ।

उनले नागरिकहरूसित यस अभियानमा सक्रिय सहभागिता जनाउने अपील गर्दै भने, सामूहिक प्रयासहरूबाटै गुवाहाटीलाई स्वच्छ, हरित र सन्दर शहरको रूपमा स्थापित गर्न सकिन्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande