
कोलकाता, 03 जून (हि.स.)। तृणमूल कङ्ग्रेसका वरिष्ठ नेता जयप्रकाश मजुमदारलाई पुलिसले बुधवार पक्राउ गऱ्यो। उनीमाथि एउटा फ्ल्याटमा वर्षौंदेखि कब्जा गरेको, त्यसकी वृद्धा मुख्येनीलाई कथित रूपमा धम्क्याएको तथा अभद्र व्यवहार गरेको आरोप लगाइएको छ। पुलिसले उनलाई विधाननगर उत्तर थाना क्षेत्रबाट हिरासतमा लिएपछि पछि औपचारिक रूपमा पक्राउ गरेको हो।
जानकारी अनुसार जयप्रकाश मजुमदारले वर्ष 2012- मा विधाननगरको एई-337 नम्बर फ्ल्याटलाई भाड़ामा लिएका थिए। आरोप छ, वर्ष 2015-मा एग्रीमेन्टको अवधि समाप्त भएपछि पनि उनले एग्रीमेन्टको नवीनीकरण गराएनन्। तथापि उनी आफ्नो परिवारसित उक्त फ्ल्याटमा बस्दै आइरहेका थिए।
फ्ल्याटकी मालिक आरती रायचौधुरीले आरोप लगाइन्, उनले कैयौं पटक कानूनी नोटिस पठाएर फ्ल्याट खाली गराउन भनेकी थिइन्, तर जप्रकाश र उनको परिवारले यसमाथि कुनै ध्यान दिएनन्। आरतीले यो पनि आरोप लगाएकी छन्, उनलाई अपमानजनक टिप्पणी र धम्की दिइयो।
बुधवार यस मुद्दालाई लिएर केही मानिसहरूले फ्ल्याट बाहिर विरोध गरे। यस अवधि जयप्रकाशले केही प्रदर्शनकारीहरूलाई धक्का दिए तथा हातपात पनि गरे। स्थितिको सूचना पाउनसाथ पुलिसले घटनास्थलमा पुगेर उनलाई हिरासतमा लिएर विधाननगर उत्तर थानामा लिएर गयो।
पुलिस सूत्र अनुसार फ्ल्याटमाथि कथित अवैध कब्जा, घर मालिक्नीलाई धम्क्याएको तथा अन्य सम्बन्धित आरोपहरूको आधारमा जयप्रकाशमाथि मामिला दर्ता गरिएको छ। मामिलाको जाँच जारी छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा