
जलपाईगुड़ी, 03 जून (हि.स.)। राज्यका महिलाहरूलाई आर्थिक रूपमा सशक्त बनाउने दिशामा एउटा महत्वपूर्ण कदम उठाउँदै बुधवार राज्य सचिवालय नवान्नबाट मुख्यमन्त्री शुभेन्दु अधिकाारीले भर्चुअली माध्यमबाट ‘अन्नपूर्णा योजना’ अन्तर्गत आर्थिक सहायता वितरण कार्यक्रमको शुभारम्भ गरे। यस पहल अन्तर्गत राज्यभरिका 28 लाखभन्दा अधिक महिलाहरूको ब्याङ्क खातामा सोझै आर्थिक सहायताको राशि पठाइयो।
यसै क्रममा जलपाइगढ़ी जिल्लाको राजगञ्ज ब्लक प्रशासनद्वारा बीडीओ कार्यालय परिसरमा एउटा कार्यक्रम आयोजना गरियो। कार्यक्रममा लगभग सय जना लाभार्थी महिलाहरूलाई योजना अन्तर्गत स्वीकृति पत्र सुम्पिइयो। कार्यक्रममा लाभार्थीहरूमा व्यापक उत्साह देख्न पाइयो। उनीहरूले सरकारको यस पहलको सराहना गरे।
यस अवसरमा राजगञ्जका बीडीओ सौरभ कान्ति मण्डल, राजगञ्ज थाना प्रभारी (आईसी) अमिताभ दास, पञ्चायत समितिकी अध्यक्ष रुपाली दे सरकार, उपाध्यक्ष कविता छेत्री शैव, पञ्चायत समिति सदस्य धनञ्जय मल्लिक समेत विभिन्न ग्राम पञ्चायतहरूका प्रधान अनि जनप्रतिनिधिहरू उपस्थित थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा