
कोलकाता, 3 जून (हि.स.)। राज्यका पञ्चायत मन्त्री दिलीप घोषले तृणमूल कङ्ग्रेसकी नेता ममता ब्यानर्जीको धरनालाई लिएर कटाक्ष गरेका छन्। बुधवार बिहान पत्रकारहरूसित बातचित गर्दै दिलीप घोषले भने, यो कुनै ठूलो आयोजन थिएन। यो बलजफ्ती गराइएको कार्यक्रम थियो। पार्टीका सांसद तथा विधायकहरू पनि यसमा सामेल भएनन्। यस्ता मानिसहरू मात्र त्यहाँ उपस्थित थिए जोसित जानको लागि अन्य कुनै ठाउँ थिएन साथै जो विशेष लाभ पाउनेहरू छन्। उनको (ममता) को साथमा कोही छैन।
दिलीप घोषले भने, जुन मानिसहरूले एक समयमा हाम्रा नेताहरूको नाममा गाली गर्ने गर्दथे, अहिले उनीहरूलाई माला लगाएर आशीर्वाद लिरहेका छन्। समय परिवर्तन हुन्छ, तर उनीहरूले के-के गरेका छन्, त्यो जनतालाई राम्ररी थाहा छ। जनतालेजब यसको मूल्याङ्कन र फसेला गर्छन्, त्यो सही हुनेछ। यसको विपरीत निर्णय लिने हामी को हौं?
गुजरातका 70 प्रतिशत घरहरूलाई अवैध बताइएको सम्बन्धमा ममता ब्यानर्जीको आरोपलाई लिएर मन्त्री दिलीप घोषले भने, के उनी स्वयं गएर जाँच गरेर आएकी छन् कि ती घरहरू वैध हुन् कि अवैध? उनको आफ्नो घरै अवैध छ, पहिला यस कुरामाथि ध्यान दिउन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा