
नयाँ दिल्ली, 03 जून (हि.स.)। दिल्लीका उपराज्यपाल तरनजीत सिंह सन्धू बुधवार आयोजित दिल्ली स्कूल अफ इकोनोमिक्समा सीडीई-आईईडीएस अन्तर्राष्ट्रिय सम्मेलनमा सामेल भए। यस अवसरमा उनले सम्मेलनमा भाग लिने प्रतिष्ठित विद्वान, शिक्षाविद् तथा विद्यार्थीहरूलाई शुभकामना दिए।
उपराज्यपाल तरनजीत सिंह सन्धूले अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै आर्थिक विकास, जनसाङ्ख्यिकीय परिवर्तन तथा पर्यावरणीय स्थिरताबीच महत्वपूर्अण अन्तरसम्बन्ध हुनुपर्नेमाथि बल दिए। उनले भने, प्रधानमन्त्री नरेन्द्र मोदीको दृष्टिकोणमा विकास र पर्यावरण प्रबन्धनलाई सँगैसँगै अगाड़ि बढ़ाउनुपर्छ। उनले भने, हाम्रो ध्यान आर्थिक रूपमा गतिशील, तकनिकी रूपमा नवीन तथा पर्यावरणको दृष्टिले जिम्मेवारी निर्माणमाथि रहन्छ।
उपराज्यपालले भने, विकसित भारतको लागि दिल्ली जस्तो द्रूत गतिमा बढ़्दो शहरी केन्द्रको मानव क्षमतालाई अवसरसित जोड़ेर, हरित आवरणको विस्तार गरेर, स्थायी शहरी योजनालाई मजबुत बनाएर तथा दीर्घकालिक लचिलोपनको लागि नवीकरणीय ऊर्जामा निवेश गरेर मार्ग प्रशस्त गर्नुपर्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा