
नयाँ दिल्ली, 03 जून (हि.स.)। दिल्लीका उपराज्यपाल तरनजीत सिंह सन्धूले दिल्ली नगरनिगम (एमसीडी)-लाई भवन निर्माण सम्बन्धि नियमहरूको कड़ाई पूर्वक पालनलाई सुनिश्चित गर्ने तथा अवैध निर्माणहरूमाथि निर्णायक कारबाही गर्ने निर्देश दिएका छन्।
उपराज्यपाल तरनजीत सिंह सन्धूले बुधवार निगमायुक्त सञ्जीव खिरवार र एमसीडीका वरिष्ठ अधिकारीहरूसित उच्चस्तरीय समीक्षा बैठक गरे। बैठकमा शहरी प्रशासन, नागरिक सुविधा औ राजधानीमा संरचनात्मक सुरक्षालाई मजबुत बनाउनको लागि व्यापक कार्ययोजनामाथि चर्चा गरियो।
बैठकमा उपराज्यपालले भने, अवैध रुपमा भइरहेका अतिरिक्त निर्माण तथा भवन विस्तार शहरको सुरक्षाको लागि गम्भीर जोखिम बन्दै गइरहेको छ। उनले एमसीडीलाी समयबद्ध ढङ्गमा रणनीति तयार गरी अनधिकृत निर्माणहरूविरूद्ध कड़ा कारबाही गर्ने आदेश समेत दिए।
समीक्षा बैठकमा उनले सम्बन्धित अधिकारीहरूसित मनसुन भित्रिन अगावै नालीहरूको सर-सफाई, सड़क अनि फुटपाथहरूको मरम्मत, धूलो प्रदूषण नियन्त्रण अनि फोहोर निस्तारण व्यवस्थालाई सही बनाउने कार्यलाई द्रूत गतिमा अगाड़ि बढ़ाउने निर्देश दिे।
उपराज्यपालले अनधिकृत कलोनीहरूका निवासीहरूलाई मालिकाना हक प्रदान गर्ने पीएम-उदय योजनाको क्रियान्वयनलाई तीव्रता दिनेमाथि बल दिए। साथै उनले सार्वजनिक पार्कहरूको विकास अनि पुनर्जीवनको लागि कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर) आधारित सहभागी मोडललाी चाँड़ै अन्तिम रूप दिने निर्देश पनि दिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा