
मङ्गन, 03 जून (हि.स.)। मङ्गन जिल्लाअन्तर्गत तीनवटै निर्वाचन क्षेत्रमा मतदाता नामावलीको विशेष गहन पुनरीक्षण (एसआईआर) अन्तर्गत गणना फारामहरूको वितरण पाँचौँ दिनमा पनि जारी रह्यो।
3 जूनको अपराह्न 4ः30 बजीसम्म कुल 3,060 मतदाताले गणना फारामहरू प्राप्त गरेका थिए। समग्रमा पहिलो पाँच दिनमा, 14,465 गणना फारामहरू वितरण गरिएको छ, जसले जिल्लाको कुल मतदाताको 44.59 प्रतिशत समेट्दछ।
मङ्गन जिल्ला चुनाउ अधिकारीले चुनाउ संयन्त्रहरूलाई वितरण प्रक्रियालाई तीव्र बनाउन र गणना फाराम वितरण यथाशीघ्र सम्पन्न गर्न निर्देशन दिइएको जानकारी दिएका छन्। अधिकतम मतदाता सुविधा प्रदान गर्न बीएलओहरूले साँझको समयमा पनि घरहरू भ्रमण गरेर फारामहरू वितरण जारी राख्नेछन्।
जिल्ला प्रशासनले सबै योग्य मतदातालाई मतदाता नामावलीको सफल संशोधनका लागि गणना प्रक्रिया समयमै सम्पन्न गर्न र बीएलओहरूलाई सहयोग गर्न अपील गरेको छ।
---------------
हिन्दुस्थान समाचार / बिशाल