मणिपुरमा हतियारहरूको भण्डार जफत, दुई उग्रवादी क्याडर पक्राउ
मणि


इम्फाल, 03 जून (हि.स.)। मणिपुरमा सुरक्षा बलहरूले अलग-अलग अभियानमा ठूलो सफलता हासिल गर्दै ठूलो मात्रामा हतियार र विष्फोटक जफत गरेको छ, जबकि प्रतिबन्धित उग्रवादी संगठनहरू क्याडरहरूलाई पक्राउ गरेको छ।

बुधवार मणिपुर पुलिसले जारी गरेको जानकारी अनुसार, सुरक्षा बलले मंगलवार थौबल जिल्लाको यारिपोक थाना क्षेत्रमा पेची चिङ्लाक क्षेत्रको पहाड़ी भेगमा खोजी अभियान चलाएको थियो। यस क्रममा एक एके राइफल, एक डबल ब्यारेल बन्दुक, दुई सिंगल ब्यारेल गन, तीन हेण्ड ग्रिनेड, एक चाइनिज ह्यान्ड ग्रेनेड, चार डेटोनेटर, विभिन्न म्यागजिन, 25 एके कारतूस, सात 12 बोर कारतूस र एक ह्यान्ड चार्जर र बफरेङ्गर रेडियो ह्याण्डसेट लगायत ठूलो परिमाणमा हात-हतियार जफत भएको छ।

यस बाहेक अर्को अपरेशनमा सुरक्षाकर्मीले प्रतिबन्धित संगठन केसीपी (पीडब्लुजी) को सक्रिय क्याडर कोमोल मुक्तार आबास उर्फ कराती (25) लाई इम्फाल पूर्व जिल्लाको आन्द्रो थाना क्षेत्र अन्तर्गत यारिपोक तुलिहाल तपोकपी स्थित उसको घरबाट पक्राउ गरेको छ।

यसैबीच छुट्टाछुट्टै कारबाहीमा इम्फाल पश्चिम जिल्लाको वाङ्गोई थाना क्षेत्र अन्तर्गत हियाङ्थाङ पुलको पूर्वी भागबाट प्रतिबन्धित संगठन प्रेपाक (प्रो) को सक्रिय क्याडर याङ्लेम अनोबा सिंह उर्फ याम्बा (23) लाई पक्राउ गरिएको छ। उ इम्फाल पश्चिम जिल्लाको सिङ्जामेई चिंगामाखा याङ्लेम लिराकको बासिन्दा हो।

चरमपन्थी गतिविधि नियन्त्रण र राज्यमा शान्ति कायम गर्ने उद्देश्यले कारबाही जारी रहेको सुरक्षा निकायले जानकारी गराएको छ। यस विषयमा थप अनुसन्धान भईरहेको छ ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande