
आइजोल, 03 जून (हि.स.)। सत्ताधारी जोरम पीपुल्स मुभमेन्ट (जेडपीएम) ले मिजोरम राज्यसभा चुनाउको लागि आफ्ना उम्मेद्वारको घोषणा गरेको छ। जेडपीएमका उपाध्यक्ष सी. लालनुनेमाले पार्टी प्रवक्ता के लालतुङ्गकिमालाई राज्यसभा चुनाउको लागि आफ्नो उम्मेद्वार घोषणा गरेका छन्।
बुधवार राजधानी आइजोलस्थित पार्टी अफिसमा आयोजित एक कार्यक्रममा जेडपीएमका उपाध्यक्ष सी. लालनुनेमाले आगामी 18 जूनमा हुने राज्यको एकमात्र राज्यभा सीटको चुनाउको लागि लालतुङ्गकिमाको नाम आधिकारिक रूपमा घोषणा गरे।
मिजोरमको 40 सदस्यीय विधानसभामा कङ्ग्रेसका एकजना मात्र विधायक छन्। त्यसैले यस चुनाउमा कङ्ग्रेसको पक्षबाट उम्मेद्वारिता गरिनेछ कि छैन अहिले नै पक्का भएको छैन। यद्यपि प्रदेश कङ्ग्रेस प्रवक्ता लालरेमरूता रेङ्थलाईले भने, आगामी राज्यसभा चुनाउको लागि उम्मेद्वारिता गर्ने सम्भावना प्रबल छ।
यसै त वर्तमान विधानसभामा जेडपीएमका 27 जना विधायकहरू छन् भने मुख्य विपक्षी पार्टी मिजो नेशनल फ्रन्ट (एमएनएफ) सित 10 जना र भाजपासित 2 जना विधायकहरू छन्। पार्टी सूत्रले बताए अुसार एमएनएफले चाँड़ै आफ्नो उम्मेद्वार घोषणा गर्नसक्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा