
सिलगढ़ी, 03 जून (हि.स.)। नक्सलबाड़ी क्षेत्रमा पछिल्लो चार दिनदेखिको एउटा हमलाकारी हनुमान (बाँदर) को आतङ्क छाएको थियो। यहाँका रथखोला, रेलगेट, स्टेशन औ तालतलामा हनुमानले हमला गरेको तथा मानिसहरूमाथि झम्टेको घटनाले सन्त्राष फैलिएको थियो। अहिलेसम्ममा यस हनुमानको हमलामा परेर एघार जना मानिसहरू घाइते भइसकेका छन् जसमा महिला एवं बुजुर्गहरू पनि सामेल छन्।
सूत्र अनुसार स्थितिको गम्भीरतालाई मध्यनजर गर्दै बुधवार टुकुरियाझाड़ वन विभागको टीमले हनुमानलाई समात्नको लागि विशेष अभियान परिचालन गऱ्यो। तर अभियान अवधि पनि हनुमानले हमला गर्न छोड़ेन। अन्ततः बङ्गाल सफारी पार्कबाट विशेषज्ञ डाक्टरहरूको टीम घटनास्थलमा पुग्यो। उनीहरूले ट्र्याङ्कुलाइजर गनको सहयोगले हनुमानलाई अचेत बनाएर नियन्त्रण गरे।
वन विभागका अधिकारीहरू मुताविक हनुमानको स्वास्थ्य जाँच तथा उपचार गरेपछि उसलाई कनै घना जङ्गलमा छोड़िनेछ ताकि उ फेरि आवासीय क्षेत्रमा नआओस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा