नोएडा पुलिसले गांजा बेच्ने दुई तस्करलाई पक्राउ गऱ्यो
नोएडा पुलिसले गांजा बेच्ने दुई तस्करलाई पक्राउ गऱ्यो


नोएडा, 03 जून (हि.स.)। नोएडाको थाना सेक्टर 20 पुलिसले बुधवार बिहान दुई गाँजा तस्करलाई पक्राउ गऱ्यो। पुलिसले उनीहरूदेखि 37 किलो 700 ग्राम अवैध गाँजा जफत गऱ्यो। यिनीहरूले गांजा बेच्नको लागि साड़ीको बन्डलमा लुकाएर लैजाँदैथिए।

अपर पुलिस उपायुक्त (क्षेत्र 1) मनिषा सिंहले बताइन्, सूचनाको आधारमा थाना सेक्टर 20 पुलिसले बुधवार बिहान सेक्टर 17 जेजे कोलोनी नजिकै शिवम दुबे र शुभम पाठकलाई पक्राउ गऱ्यो। दुवै अयोध्या जिल्लाका बासिन्दा हुन्।

उनीहरूले ओडिशाबाट गाँजा तस्करी गरेर कोलकाताबाट कुरियर मार्फत साड़ीको बन्डलमा लुकाएर आयात गर्नेगर्थे। उनले भनिन् कि दुई जनाको खोजी गर्दा 37 किलो 700 ग्राम अवैध गाँजा जफत भयो।

उनले भनिन्, दुई जना अभियुक्तहरूले बेच्नको लागि साडडीको बन्डलमा लुकाएर गाँजा बोकेर लैजाँदै थिए। सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरियो। उनले थप भनिन्, जफत गरिएको गाँजाको मूल्य लगभग 15 लाख रुपियाँ छ। अतिरिक्त उपायुक्तले भने, सोधपुछको क्रममा पुलिसले थाहा पायो कि अभियुक्तहरू लामो समयदेखि एनसीआरमा अवैध गाँजा व्यापारमा संलग्न छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande