
गान्तोक, 03 जून (हि.स.)। आगामी 5 देखि 7 जूनसम्म सिक्किम उत्सव- गान्तोक च्याप्टर आयोजन गरिने भएको छ। ‘अनुभव र उत्सव सिक्किम’ विषयवस्तुअन्तर्गत आयोजना गरिने तीनदिने महोत्सव एमजी मार्गमा हुनेछ, जसको उद्देश्य राज्यको समृद्ध कला, संस्कृति, उद्यमशीलता, खाद्य तथा बेभेरेज क्षेत्र, सङ्गीत, हस्तकला र जैविक उत्पादनहरू प्रदर्शन गर्नु हो। उत्सवले स्थानीय कारिगर, उद्यमी र सांस्कृतिक कलाकारहरूलाई जीवन्त मञ्च प्रदान गर्ने लक्ष्य राखेको छ भने आगन्तुकहरूलाई सिक्किमका विविध सम्पदा र परम्पराहरूको अनुभव प्रदान गर्ने प्रयास गरिनेछ।
बुधवार आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै वाणिज्य तथा उद्योग विभागकी सचिव कर्मा डी युत्सोले सिलगढ़ी, दिल्ली, बेङ्गलुरु तथा मङ्गनमा आयोजित सिक्किम उत्सवका अघिल्ला संस्करणहरूको सफलताबारे अवगत गराइन्। उनले महोत्सवको आगामी गान्तोक च्याप्टरका लागि 160 भन्दा बढ़ी सहभागीले पञ्जीकरण गरेको जानकारी दिइन्।
उनले गान्तोक च्याप्टरले स्थानीय एमएसएमईहरूद्वारा सिर्जना गरिएका उत्पादनहरू प्रदर्शन गर्ने फेशन शो आयोजन गर्ने, जसले स्वदेशी उद्यमहरूलाई प्रवर्द्धन गर्न थप मञ्च प्रदान गर्ने बताइन्। अघिल्ला संस्करणहरूको प्रभावमाथि प्रकाश पार्दै उनले भनिन्, “सिक्किम उत्सवले उद्यमीहरूलाई बजार सम्बन्ध स्थापित गर्न र थोक मागहरू सुरक्षित गर्न सहयोग गर्न हेतु महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ, जसले स्थानीय व्यवसायहरूको वृद्धिमा योगदान पुर्याएको छ।”
सचिवले विभागले उत्पादन प्याकेजिङ र ब्रान्डिङ बढ़ाउने उद्देश्यले व्यावहारिक प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गरिरहेको, जसको परिणामस्वरूप स्थानीय उत्पादनहरूको प्रस्तुतीकरणमा उल्लेखनीय सुधार आएको रेखाङ्कित गरिन्।
उनले विभागले सरकारको एक परिवार, एक उद्यमीको दृष्टिकोण अनुरूप काम गरिरहेको विषयमा जोड़ दिइन् र तीनदिने महोत्सवमा स्थानीय बासिन्दा र पर्यटक दुवैको ठूलो सङ्ख्यामा आगमन हुने आशा व्यक्त गरिन्।
एमएसएमईका निर्देशक एम रविकुमारले सिक्किम उत्सवले उद्यमीहरूलाई सिक्न, नवीनता ल्याउन र नयाँ विचारबारे जानकारी प्राप्त गर्ने मञ्चको रूपमा काम गर्ने कुरामा जोड़ दिए। उनले यो महोत्सवले उत्पादन गतिविधिहरूलाई प्रवर्द्धन गर्न र स्थानीय उद्यमहरूको उत्पादन र क्षमताहरू प्रदर्शन गर्ने अवसर पनि प्रदान गरेको बताए।
सीड सेलका अध्यक्ष राज लामाले स्थानीय समुदायलाई कार्यक्रमलाई सक्रिय रूपमा प्रवर्द्धन गर्न र स्थानीय उद्यमीहरूलाई आफ्नो समर्थन विस्तार गर्न अपील गरे, जसले गर्दा स्वदेशी व्यवसायहरूको वृद्धि र दृश्यतामा योगदान पुग्छ।
---------------
हिन्दुस्थान समाचार / बिशाल