
कोलकाता, 03 जून (हि.स.)। सुरेन्द्रनाथ कलेजमा दुई वटा थैलामा धमिरा लागिसकेको नगद भेटिएपछि अब कलेज परिसरबाट एउटा आग्नेयास्त्र पनि भेटिएको घटना प्रकाशमा आएको छ। पुलिस सूत्रानुसार कलेजको यूनियन रूमबाट हतियार जफत गरिएको छ।
यस मामिलामा मुचीपाड़ा थानामा तृणमूल कङ्ग्रेसका नेताद्वय देवाशिष ब्यानर्जी र परितोष दत्तविरूद्ध शस्त्र अधिनियम अन्तर्गत मामिला दर्ता गरिएको छ।
पुलिसले बुधवार बतायो, हतियार यूनियन रूपसम्म कसरी पुग्यो र त्सलाई त्यहाँ किन राखिएको थियो, जाँच गरिँदैछ। मामिलामा दुवै नेताहरूसित जाँचबुझ गरिनेछ।
पुलिस सूत्र मुताविक देवाशिष ब्यानर्जी कलेजको गभर्निङ्ग बडीका सदस्य रहिसकेका छन्। आरोप छ, देवाशिष र परितोष दत्तले यूनियन रूम सहित कलेजको पहिलो तलाका केही कोठाहरूमा ताला लगाएर राखेका थिए जहाँ अन्य मानिसहरूलाई प्रवेश गर्ने अनुमति थिएन। भनिन्छ, दुवै नेताले यी कोठाहरूलाई आफ्नो निजी कार्यको लागि उपयोग गर्दै आएका थिए।
गए मङ्गलवार साँझ लगभग साढ़े चार बजे कलेज प्रशासनले पहिलो तलाको एउटा कोठा खोल्यो जहां दुई वटा ट्रली ब्यागभित्र नगद राखिएको थियो। त्यसपछि राती कलेजका प्राचार्य र विद्यार्थीहरूले यूनियन रूममा एउटा आग्नेयास्त्र पनि देखे। त्यसपछि नै यी दुई तृणमूल नेताहरूविरूद्ध शस्त्र अधिनियम अन्तर्गत मुद्दा दर्ता गरियो।
कलेजका प्राचार्यले आरोप लगाएका छन्, उनीहरूलाई पहिलो तलाका कोठाहरूको चाबी माग्दा, दुवैले उनीहरूलाई धम्की दिन्थे। पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा