
पिथौरागढ (उत्तराखण्ड), 0३ जून (हि.स.)। सीमावर्ती जिल्ला पिथौरागढस्थित पवित्र आदि कैलाश र ओम पर्वत यात्राप्रति श्रद्धालु तथा पर्यटकहरूको आकर्षण निरन्तर बढिरहेको छ। यात्रा शुरु भएको मात्र ३३ दिनभित्र ३०,०१६ वटा इनर लाइन परमिट जारी भएसँगै यस वर्ष यात्राले नयाँ कीर्तिमान कायम गरेको छ।
जिल्ला प्रशासनका अनुसार, जून २ सम्म कुल ३०,०१६ वटा इनर लाइन परमिट जारी भइसकेका छन्। केवल जून २ मा मात्रै १,१७८ वटा परमिट जारी गरिएको थियो। यात्रा मई १ मा जोलीकोङस्थित पार्वती कुण्ड नजिक रहेको शिव मन्दिरका कपाट खुलाइएसँगै औपचारिक रूपमा शुरु भएको थियो।
तथ्यांकअनुसार, सन् २०२४ मा सम्पूर्ण यात्रा अवधिभर २९,३५२ तथा सन् २०२५ मा ३६,५२६ वटा इनर लाइन परमिट जारी भएका थिए। यस्तो अवस्थामा यस वर्ष केवल ३३ दिनमै ३० हजारको आँकडा पार हुनु यात्राप्रतिको बढ्दो आस्था र लोकप्रियताको स्पष्ट संकेत मानिएको छ।
जिल्ला प्रशासनका अनुसार, मई १ देखि ३१ मईसम्म करिब २८ हजार श्रद्धालु तथा पर्यटक आदि कैलाश र ओम पर्वत पुगेका छन्, जुन गत वर्षको तुलनामा १५० प्रतिशतभन्दा बढी वृद्धि हो। प्रधानमन्त्री नरेन्द्र मोदीले अक्टोबर २०२३ मा आदि कैलाशको भ्रमण गरेपछि तथा मुख्यमन्त्री पुष्कर सिंह धामीले जून २०२४ मा यहाँ योग साधना गरेपछि यस आध्यात्मिक धामले राष्ट्रिय स्तरमा नयाँ पहिचान प्राप्त गरेको छ। त्यसयता देशभरिबाट आउने श्रद्धालु र प्रकृतिप्रेमीहरूको संख्या निरन्तर बढ्दै गएको छ।
जिल्लाधिकारी आशीष भटगाईले आदि कैलाश यात्रा सीमावर्ती क्षेत्रका बासिन्दाहरूका लागि रोजगारीको महत्वपूर्ण माध्यम बनेको बताए। पर्यटनसम्बन्धी गतिविधिहरूमा वृद्धि भएपछि स्थानीय अर्थतन्त्र सुदृढ भएको छ। साथै, सीमावर्ती गाउँहरूमा रोजगारीका अवसर बढेकाले बसाइँसराइ रोक्न समेत मद्दत पुगेको छ।
प्रशासनले यात्रुहरूलाई यात्रा अघि आवश्यक कागजात साथमा राख्न, मौसमसम्बन्धी जानकारी लिन तथा प्रशासनका निर्देशनहरूको पालना गर्दै सुरक्षित यात्रा सुनिश्चित गर्न अनुरोध गरेको छ।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी