
कोलकाता, 3 जून (हि.स.)। दक्षिण 24 परगना जिल्लाको कुलतली थाना अन्तर्गत गोदाबर क्षेत्रबाट कुलतली थाना पुलिसले 18 जना बङ्गलादेशी नागरिकहरूलाई हिरासतमा लिएको छ। यस समूहमा 12 जना वयस्क पुरूष र महिलाहरू तथा अन्य 6 जना बाल-बालिकाहरू सामेल छन्। यिनीहरूमध्ये कसैसित पनि वैध दस्तावेज छैन।
गुप्त सूचनाको आधारमा सञ्चालित एक विशेष अभियानमा बुधवार सवेरै कुलतलीको गोदाबर क्षेत्रस्थित एउटा ईँटा भट्टीबाट 18 जना बङ्गलादेशी नागरिकहरूलाई हिरासतमा लिइयो।
जाँचबुझमा यी बङ्गलादेशी नागरिकहरूले स्वीकार गरे, उनीहरू सबै एकजना प्रभावशाली दलाल गिरोहको मद्दतले अवैध रूपमा काँड़ेतारबाट छिरेर भारतमा प्रवेश गरेका थिए। बङ्गलादेशको सीमा पार गराए बापत उनीले सीमा क्षेत्रमा सक्रिय अन्तर्राष्ट्रिय दलालहरूलाई प्रतिव्यक्ति 5 हजार रुपियाँदेखि 30 हजार रुपियाँसम्म भुक्तान गर्नुपर्थ्यो।
पुलिसले हिरासतमा लिइएका मानिसहरूलाई होल्डिङ्ग सेन्टरमा पठाउने तयारी गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा