तृणमूल ताशको पत्ता जस्तै छरिरहेको छ : खगेन मुर्मू
तृणमूल ताशको पत्ता जस्तै छरिरहेको छ : खगेन मुर्मू


सिलगढ़ी, 03 जून (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) का सांसद खगेन मुर्मूले तृणमूल कङ्ग्रेसमा भइरहेको तानातानालाई लिएर प्रतिक्रिया व्यक्त गर्दै भने, यो पार्टी ताशको पत्ता जस्तै छरिरहेको छ। रेलवे स्ट्याण्डिङ्ग कमिटीको बैठकमा सामेल हुनका लागि मालदा उत्तरका सांसद खगेन मुर्मू बुधवार बागडोगरा एयरपोर्टमा आइपुगे। यस अवधि उनले पत्रकारहरूसित कुराकानी गर्दै तृणमूल कङ्ग्रेसमाथि चर्को हमला गरे अनि भने, तृणमूल कङ्ग्रेसको जनाधार पहिला नै निमिट्यान्न भइसकेको छ। उनले दाबी गरे, राज्यका मानिसहरू पछिल्लो लामो समयदेखिकै परिवर्तन चाहन्थे, किनभने उनीहरूले सरकारबाट निराश र वञ्चित महसूस गरिरहेका थिए।

उनले आरोप लगाए, महिलाहरूमाथि भएको अत्याचार र अन्य गम्भीर घटनाहरूलाई मुख्यमन्त्री ममता ब्यानर्जीले कहिल्यै पनि गम्भीर रूपमा लिनन् जसको फलस्वरूप जनता विशेष गरी युवा अनि महिलाहरूले परिवर्तन ल्याउने फसेला गरे।

उनले यो पनि भने, “नयाँ तृणमूल” धेर दिनसम्म टिक्नेवाला छैन। पार्टी बिस्तारै भत्किनेछ। आगामी दिनमा तृणमूलमा ममता ब्यानर्जी र अभिषेक ब्यानर्जी मात्र रहने दाबी समेत उनले गरे।

यता तृणमूलका प्रवक्ता जयप्रकाश मजुमदारको पक्राउलाई लिएर प्रतिक्रिया व्यक्त गर्दै खगेन मुर्मूले भने, “भ्रष्टाचार र गुण्डागिरीमा सामेल हुनेहरूलाई अवश्य पनि पक्राउ गरिनेछ। एकजना पनि दोषी बच्नेछैन।”

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande