
पश्चिम बर्दवान, 04 जून (हि.स.)। पश्चिम बङ्गाल महिला एवं शिशु कल्याण तथा शहरी विकास मन्त्री अग्निमत्रा पालले बिहीवार आसनसोलको सर्किट हाउसमा मीडियासित बातचित गर्दै पूर्व मुख्यमन्त्री ममता ब्यानर्जी र तृणमूल कङ्ग्रेसलाई लक्षित गरिन्। उनले भनिन्, कानून र संविधानभन्दा माथि कोही छैन। यदि कसैले कानून उल्लङ्घन गर्छ भने सम्बन्धित व्यक्तिविरूद्ध कारबाही हुनुपर्छ।
बिधाननगर पुलिसद्वारा तृणमूल कङ्ग्रेस नेता अरुप विश्वासलाई जाँचबुझको लागि बोलाइएको, तर उनी उपस्थित नभएको प्रश्नमा उनले भनिन्, पछिल्लो 15 वर्षमा भ्रष्टाचार गर्ने, जनताको पैसा लुट्ने तथा विभिन्न घोटालाहरूमा सामेल हुनेहरू जाँच एजेन्सीको कारबाही शुरू हुनसाथ बिमार हुन्छन्। भाजपाले यस्ता सबै मामिलाहरूमाथि नजर राखिरहेको छ। कानूनले पनि आफ्नो काम गर्नेछ। भ्रष्टाचार गर्नेहरू चाहे त्यो ममता ब्यानर्जी, अरूप विश्वास, हिरफाद हाकिम वा तृणमूलका अन्य कुनै नेता नै किन नहोस्, सबैले एक दिन जनता र कानुनको कठघरामा उभिएर जवाफ दिनुपर्छ।
सिलगढ़ी साइबर थानामा मुख्यमन्त्री ममता ब्यानर्जीविरूद्ध दर्ता एफआईआरको मुद्दामा प्रतिक्रिया व्यक्त गर्दै अग्निमित्रा पालले भनिन्, संविधानको शपथ लिएपछि कुनै पनि जनप्रतिनिधिले यस्तो बयान दिनु हुँदैन जुन देश हितको विरोधमा हुन्छ। उनले आरोप लगाइन्, पूर्व मुख्यमन्त्रीले समय-समयमै यस्तो बयान दिँदै आइरहेकी छन् जसले देशको छविलाई धमिल्याएको छ तथा विरोधी देशहरूलाई बल प्राप्त भएको छ।
भाजपा विधायकले भनिन्, बालाकोट एयर स्ट्राइक, बीएसएफ औ चुनाउ आयोग जस्ता राष्ट्रिय मुद्दामा ममता ब्यानर्जीले कैयौं पटक विवादस्पद टिप्पणी गरिसकेकी छन्।
पूर्व मुख्यमन्त्रीलाई पक्राउ गर्ने माग गर्दै अग्निमित्राले भनिन्, यदि कानून अनुसार अपराध हो भने ममता ब्यानर्जीलाई पक्राउ गर्नुपर्छ। कानून सबैक लागि समान हो। कुनै पनि व्यक्ति कानूनभन्दा माथि छैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा