
कोलकाता, 04 जून (हि.स.)। पश्चिम बङ्गालका पूर्व खेल मन्त्री अरूप विश्वासले दिसम्बर, 2025-मा युवाभारती क्रीड़ाङ्गनमा आयोजित लियोनेल मेसीको ‘गोएट इण्डिया टूर’ कार्यक्रमसित सम्बन्धित कथित अनियमितता औ तोड़फोड़ मामिलामा पुलिस समक्ष पेश हुनका लागि 14 दिनको अतिरिक्त समय मागेका छन्।
यस मामिलामा दर्ता प्राथमिकीको सिलसिलामा बिधाननगर (दक्षिण) थाना पुलिसले उनलाई जाँचबुझको लागि 5 जूनमा उपस्थित हुन भनेको थियो। यो जाँच 13 दिसम्बर, 2025-मा सल्ट लेकस्थित युवाभारती क्रीड़ाङ्गनमा आयोजित विवादित कार्यक्रमलाई लिएर दर्ता सिकायतको आधारमा शुरू गरिएको छ।
यद्यपि निर्धारित तिथिभन्दा एक दिन अगावै अरूप विश्वासले स्वास्थ्य कारणलाई देखाउँदै पुलिसलाई पत्राचार गरी दुई सप्ताहको समय मागे। यो पत्र एकजना प्रतिनिधिको माध्यमबाट पठाइयो। पत्रसितै उनको बिमार सम्बन्धी चिकित्सकीय प्रमाणपत्र पनि सामेल गरिएको छ।
बिहीवार साँझसम्ममा पुलिसद्वारा यो स्पष्ट पारिएको थिएन कि उनको समय बढ़ाउने अनुरोधलाई स्वीकार गरियो कि गरिएन।
यो मामिला 30 मईमा दर्ता प्राथमिकीसित जोड़िएको छ जुन कार्यक्रम आयोजक शतद्रु दत्ताद्वारा 17 मईमा गरिएको सिकायतको आधारमा दर्ता गरिएको थियो। दत्ताले आऱोप लगाएका छन्, यस हाई-प्रोफाइल फुटबल कार्यक्रममा व्यापक अनियमितता भयो जसमा अरूप विश्वास सहित अन्य मानिसहरूको भूमिका रहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा