
गुवाहाटी, 04 जून, (हि.स.)। असम मन्त्रीपरिषदमा सामेल गरिएका मन्त्रीहरूको शपथ ग्रहण समारोह शुक्रवार अपरान्ह 12:45 बजे ज्योति-बिष्णु अन्तरराष्ट्रिय कला मन्दिर, गुवाहाटीमा आयोजना भइरहेको छ।
यस समारोहमा असमका राज्यपाल लक्ष्मण प्रसाद आचार्य, मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमा तथा अन्य गणमान्य अतिहरूथि उपस्थित रहनेछन्। कार्यक्रमको प्रत्यक्ष प्रसारण विशेष रूपमा सूचना एवं जनसम्पर्क निदेशालय (डीआईपीआर), असमद्वारा गरिनेछ।
आयोजकहरूले सबै आमन्त्रित अतिथिगण औ अधिकारीहरूसित अनुरोध गरेका छन्, उनीहरू कार्यक्रमको सुचारू सञ्चालनको लागि अपरान्ह 12 बजेसम्ममा कार्यक्रम स्थलमा पुगेर आ-आफ्नो निर्धारित स्थानमा बसुन्।
उल्लेख्य, मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमा पछिल्लो चार दिनदेखिको दिल्ली प्रवासमा छन्। यस अवधि उनले प्रधानमन्त्री मोदी लगायत अन्य केन्द्रिय नेताहरूसित मन्त्रीमण्डल विस्तारलाई लिएर व्यापक विचार विमर्श गरे। तथापि यो समाचार लेखु़ञ्जेलसम्म नयाँ मन्त्रीमण्डलको सूची सार्वजनिक गरिएको थिएन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा