बीटीसी सरकारको महत्वपूर्ण फसेलाः एमसीएलए र कार्यकारी सदस्यहरूको वेतनमा 30प्रतिशत कटौती
बीटीसी सरकारको महत्वपूर्ण फसेलाः एमसीएलए र कार्यकारी सदस्यहरूको वेतनमा 30प्रतिशत कटौती


कोकराझाड़ (असम), 04 जून (हि.स.)। बोड़ोल्याण्ड प्रादेशिक परिषद (बीटीसी) सरकाले खर्चमा कटौती गर्ने उद्देश्यले एउटा महत्वपूर्ण निर्णय लिएको छ जसानुसार एमसीएलएर कार्यकारी सदस्यहरूको वेतनमा 30 प्रतिशत कटौती गरिनेछ।

सो निर्णय कार्यकारी परिषदको बैठकमा लिइएको हो। परिषदले आगामी 6 महिनासम्म यस कटौतीलाई कायम राख्ने निर्देश जारी गरेको छ।

बीटीसी प्रमुख हग्रामा महिलारीले बितेको राती बैठकपछि बताए, मध्य-पूर्वमा व्याप्त युद्ध जस्तै स्थिति तथा त्यसबाट उत्पन्न वैश्विक आर्थिक अनिश्चिततालाई मध्यनजर गर्दै यो कदम उठाइएको हो।

उनले भने, वित्तीय अनुशासनलाई कायम राख्न तथा सरकारी खर्चलाई घटाउनको लागि यो अस्थायी व्यवस्था लागि गरिएको हो। परिषदको मान्यता छ, वर्तमान परिस्थितिमा संसाधनहरूको उपयोग विवेकपूर्ण ढङ्गमा गर्न आवश्यक भएको छ।

बीटीसी प्रशासनले यसलाई आपातकालीन व्यय-संकोचन उपाय बताउँदै भनेको छ, आगामी 6 महिनापछि स्थितिको समीक्षा गरेर अग्रिम निर्णय लिइनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande