
-ममता ब्यानर्जीमाथि भ्रष्टाचारको सन्दर्भमा समयमै कारबाही नगरेको आरोप लगाए
कोलकाता, 04 जून (हि.स.)। तृणमूल कङ्ग्रेसमा ममता ब्यानर्जीको विरोधमा विद्रोहको आगो सल्काउनेहरूमा पूर्व केन्द्रिय मन्त्री औ पार्टीका वरिष्ठ नेता बाबुल सुप्रियो पनि सामेल भएका छन्। उनी तृणमूल कङ्ग्रेसका राज्यसभा सदस्य हुन्। सुप्रियोले पार्टी प्रमुख ममता ब्यानर्जीविरूद्ध भ्रष्टाचारको मुद्दामा गम्भीर टिप्पणी गरेका छन्। उनले गए बुधवार राती एक्समा लेखे, ममता ब्यानर्जीले सत्तामा आएको प्रारम्भिक चरणमै भ्रष्टाचारको विरोधमा कड़ा कदम उठाइनन्, जुन उनको
ठूलो गल्ती थियो।
बाबुल सुप्रियोले भने, यदि शुरूबाटै भ्रष्टाचार, जनताको धन धाँधली गर्ने तथा आपराधिक गतिविधिहरूमा सामेल मानिसहरूमाथि कठोर कारबाही गरिएको भए आज स्थिति यस्तो जटिल हुँदैनथ्यो। यसै ढिल्याईको कारणले पार्टीका केही नेताहरूलाई गलत ढङ्गमा लाभ उठाउने अवसर मिल्यो। उनले भने, केही विवादित अनुहारहरू पछि गएर तथाकथित “60” -को समूहका अङ्ग भए।
तथापि उनले यो स्पष्ट पारेनन्, “60”-बाट उनले क-कसलाई सङ्केत गरिरहेका छन्। यस टिप्पणी पश्चात राजनीतिक जगतमा अड़कलहरू तीव्र भएका छन्। तृणमूलका विद्रोही विधायकहरू जसको सङ्ख्या वर्तमानमा 58 छ जुन 60 पुग्ने दाबी गरिँदैछ,-को बारेमा उनले बोलिरहेको अनुमान लगाइएको छ।
बाबुलले अर्को विवादित टिप्पणीमा कुनै व्यक्तिको सन्दर्भमा भने, उनलाई ती व्यक्ति सबैभन्दा अधिक आश्चर्य पार्ने किसिमको लाग्यो। उनले प्रतीकात्मक भाषामा भने, उनले यो कुरा सोच्न समेत सकेका थिएनन् कि “एकजना व्यक्ति सर्पको रूपमा हामीमाझ घुमिरहेको थियो”, यद्यपि उनले कसैको नाम उच्चारण भने गरेनन्।
उनले भारतीय जनता पार्टीलाई पनि सल्लाह दिँदै भने, अन्य दलहरूबाट आएका नेताहरूलाई सामेल गर्नमा उसले पुनः गल्तीलाई नदोहोराओस् जसबाट आगामी दिनमा राजनीतिक विवाद उत्पन्न होस्। अन्तमा बाबुल सुप्रियोले यो पनि भने, यी सबै टिप्पणी उनको व्यक्तिगत मत हो र यसको उनको पार्टीको आधिकारिक स्थितिसित कुनैै सम्बन्ध छैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा