
सिलगढ़ी, 04 जून (हि.स.)। भारत-नेपाल सीमामा भारत तर्फ प्रवेश गर्ने चेष्टा गरिरहेका एकजना बङ्गलादेशी नागरिकलाई पक्राउ गरिएको छ। यो कारबाही खोरीबाड़ीको पानीट्याङ्कीस्थित भारत-नेपाल सीमामा तैनाथ सशस्त्र सीमा बल (एसएसबी) का जवानहरूले गरेका हुन्।
जानकारी अनुसार सीमामा जाँच गर्ने क्रममा एसएसबीका जवानहरूले सम्बन्धित व्यक्तिको दस्तावेज जाँच गरे जसमा उसको भीजा समाप्त भएको पाइयो। त्यसपछि अवैध रूपमा भारतमा प्रवेश गर्ने प्रयास गरेको आरोपमा उसलाई हिरासतमा लिएर खोरीबाड़ी थानाको पुलिसलाई सुम्पिइयो।
पक्रा पर्ने व्यक्तिको पहिचान मोहम्मद मुक्तार हुसैनको रूपमा भएको छ जो बङ्गलादेशको ढाका जिल्लास्थित नवाबगञ्ज क्षेत्रका निवासी हुन्। पुलिस सूत्र मुताविक मोहम्मद मुक्तार वर्ष 2023-मा वैध दस्तावेजको आधारमा भारतमा आएका थिए। यहाँ आएपछि कोलकातामा रहँदा-बस्दा उसको भीजाको अवधि समाप्त भयो। त्यसपछि मुक्तार कथित रूपमा दलालहरूको सम्पर्कमा आएर नेपाल गए।
जाँचबुझमा आरोपीले बताए, अहिलेघरि राज्यमा अवैध अनुप्रवेशकारीहरूको पहिचान, निष्कासन तथा निर्वासनलाई लिएर कारबाही भइरहेको कुरा सुनेपछि उसले भारत-नेपाल सीमाना भएर पुनः भारत तर्फ छिर्ने प्रयास गरिरहेका थिए।
एसएसबीको सिकायतको आधारमा खोरीबाड़ी थानाको पुलिसले उक्त बङ्गलादेशी नागरिकविरूद्ध मामिला दर्ता गरी उसलाई पक्राउ गऱ्यो। आरोपीलाई बिहीवार सिलगढ़ी अदालतमा पेश गरियो। मामिलाको अग्रिम जाँच भइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा