
पश्चिम मेदिनीपुर, 04 जून (हि.स.)। पश्चिम मेदिनीपुर जिल्लाको बेलदालाई नयाँ महकुमा बनाउने र नारायणगढ़ ब्लकलाई दुई भागमा विभाजन गर्ने दीर्घकालिक माग अब पूरा हुने सङ्केत देखिएको छ। यस सम्बन्धमा गए बुधवार जिल्ला प्रशासनले महत्वपूर्ण पहल गऱ्यो।
जिल्लाधिकारी बिजिन कृष्णाले बेलदा बीडीओ कार्यालय वरिपरीका क्षेत्रहरूको निरीक्षण गरे। यस अवधि खड़गपुरका महकुमा शासक ज्योति घोष, नारायणगढ़का विधायक रमाप्रसाद गिरी तथा अन्य प्रशासनिक अधिकारीहरू उपस्थित थिए। निरीक्षण पश्चात बीडीओ कार्यालयमा एक उच्चस्तरीय बैठक सम्पन्न भयो।
बैठकपछि जिल्लाधिकारीले बताए, बेलदालाई नयाँ महकुमा बनाउने अनि नारायणगढ़ ब्लकलाई पुनर्गठन गर्ने प्रस्ताव राज्य सरकारलाई पठाइँंदैछ। राज्य सरकारले स्वीकृति दिएपछि अग्रिम प्रक्रिया शुरू गरिनेछ।
प्रस्ताव अनुसार नारायणगढ़, दाँतन-एक, दाँतन-दुई, केशियाड़ी र मोहनपुर ब्लकलाई मिलाएर नयाँ बेलदा महकुमा बनाइनेछ जसको मुख्यालय बेलदमा हुनेछ।
यस अतिरिक्त केलेघाई नदीलाई आधार मानेर नारायणगढ़ ब्लकलाई दुई भागमा विभाजन गर्ने प्रस्ताव छ। नदीको एकातिरको क्षेत्रलाई नारायगणगढ़ ब्लकको रूपमा मानिनेछ भने अर्कोतिरको क्षेत्रको नाम स्वतन्त्रता सेनानी एवं क्रान्तिकारी हेमचन्द्र कानूङ्गोको सम्मानमा हेमचन्द्र राख्ने प्रस्ताव पठाइनेछ।
गए बुधवार राती विधायक रमा प्रसाद गिरीले बताए, पहिलाको सरकारले यस मागमा आश्वासन मात्र दिएको थियो। क्रान्तिकारी हेमचन्द्र कानूङ्गोको स्मृतिलाई सम्मान दिनको लागि नयाँ ब्लकको नाम उनको नाममा राख्ने प्रस्ताव राखिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा