तृणमूल कार्यकर्ताको कुटेर हत्या गरिएको मामिलामा तीन जना समातिए
तृणमूल कार्यकर्ताको कुटेर हत्या गरिएको मामिलामा तीन जना समातिए


बोलपुर, 04 जून (हि.स.)। तृणमूल कङ्ग्रेसका कार्यकर्ता सुकुमार उपनाम हाबल लोहारको कथित रूपमा कुटेर हत्या गरिएको मामिलामा पुलिसले तीन जना मानिसहरूलाई पक्राउ गरेको छ। मृतकको परिवारद्वारा गए बुधवार राती बोलपुर थानामा लिखित सिकायत दर्ता गराइएपछि पुलिसले कारबाही गर्दै आरोपीहरूलाई हिरासतमा लिएको हो। आरोपीहरूमा राकेश लोहार, खोकन दास उपनाम झोकन दास र टापी उपनाम देबब्रत सर सामेल छन्। पुलिस सूत्रानुसार तीनै आरोपी बोलपुर थाना अन्तर्गत बाहिरी पूर्वपाड़ाका निवासी हुन्।

पुलिसले बतायो, सिकायतको आधारमा हत्याको ममिला दर्ता गरी जाँच शुरू गरिएको छ। पक्रा पर्ने आरोपीहरूलाई बिहीवार बोलपुर महकुमा अदालतमा पेश गरियो। मामिलाको पछाड़ि के कारण थियो र यस घटनामा अन्य पनि सामेल छ कि छैन, यसको पनि जाँच गरिँदैछ।

उल्लेखनीय छ, गत मङ्गलवार अबेर राती बाहिरी पूर्वपाड़ा क्षेत्रमा तृणमूल कार्यकर्ता सुकुमार लोहारलाई कुटपिट गरिएको आरोप लागेको थियो। गम्भीर रूपमा घाइते अवस्थामा तिनलाई अस्पतालमा लगियो जहाँ चिकित्सकहरूले तिनलाई मृत घोषित गरिदिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande