चिया बगानमा महिलाको सड़िसकेको शव भेटियो, क्षेत्रमा कोकोहोलो
चिया बगानमा महिलाको सड़िसकेको शव भेटियो, क्षेत्रमा कोकोहोलो


जलपाईगुड़ी, 04 जून (हि. स.)। मेटेलीको माटियाली ब्लकस्थित नागेश्वरी चिया बागानमा बिहीवार एकजना महिलाको सड़िसकेको शव भेटिएको घटनाले व्यापक खैलाबैला मचायो। बगानको सेक्शन नम्बर सातमा काम गर्न पुगेका श्रमिकहरूले शवलाई देखेपछि तुरून्तै पुलिसलाई सूचित गरे। मृतकाको पहिचान सबिता खेड़ियाको रूपमा भएको छ जो आइबिल चिया बगानको मोङ्गरा लाइन निवासी थिइन्।

परिवारका जगदीश खेड़ियाले बताए, उनी पछिल्लो केही समयदेखिको मानसिक समस्यासित जुझिरहेकी थिइन्। उनका पति चेन्नईमा प्रवासी मजदुरको रूपमा काम गर्छ भने सबिता आफू पनि चिया बगानकी श्रमिक थिइन्। गत एक जूनको दिन घरबाट हिँड़े उनी बिपेत्ता भएकी थिइन्। बिहीवार श्रमिकहरूले उनको शवलाई देखेपछि पुलिसलाई सूचना दिए। शव सड़िसकेको कारणले मृत्युको कारणलाई लिएर रहस्य कायम भएको छ। महिला त्यहाँ कसरी पुगिन् र उनको कुन परिस्थितिमा मृत्यु भयो, पत्तो लगाउन पुलिसले जाँच गरिरहेको छ।

पुलिस सूत्र मुताविक शवलाई शुक्रवार पोस्टमर्टम गर्नको लागि पठाइनेछ। रिपोर्ट आएपछि मृत्युको वास्तविक कारण खुलासा हुनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande