
कोलकाता, 04 जून (हि.स.)। कोलकाताको एन्टाली क्षेत्रमा बिहीवार स्थानीय मानिसहरूको एक समूहले विधायक सन्दीपन साहा अनि स्वर्णकमल साहाको विरोधमा प्रदर्शन गरे। प्रदर्शनकारीहरूले दुवै नेतामाथि भ्रष्टाचार, कटमनी मागेको तथा असुली गरेको आरोप लगाए।
बिहान निकालिएको विरोध मार्चमा स्थानीय मानिसिहरू लगायत भाजपा कार्यकर्ता तथा समर्थकहरूको एक वर्ग पनि सामेल भए। मार्च सन्दीपन र स्वर्णकमलको घर अगाड़ि पुगेपछि प्रदर्शनकारीहरूले लाउडस्पीकरको माध्यमबाट नाराबाजी गरे। यस अवधि उनको घर सामु झाड़ु र जुत्ता पनि झुण्डाइयो साथै ‘चोर-चोर’- को नारा लगाइयो।
प्रदर्शनकारीहरूको आरोप छ, सन्दीपन र स्वर्णकमल विभिन्न क्षेत्रमा फ्ल्याट तथा घरमा कब्जा गरेको, पैसा नफर्काएको, बलजफ्ती असुली तथा झुटो वाचा गरेर मानिसहरूबाट पैसा लिएको जस्ता गतिविधिहरूमा सामेल रहिआएका छन्। स्थानीयहरूको भनाइ छ, पछिल्लो लामो समयदेखिको भइरहेको कथित उत्पीड़नदेखि हैरान भएर उनीहरूले विरोध प्रदर्शन गर्ने निर्णय लिएका हुन्। तर प्रदर्शन अवधि दुवै नेतालाई घरमा भेटिएनन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा