शपथ ग्रहण गरेर फर्केका राज्यमन्त्री आनन्दमय बर्मनलाई भव्य स्वागत
शपथ ग्रहण गरेर फर्केका राज्यमन्त्री आनन्दमय बर्मनलाई भव्य स्वागत


सिलगढ़ी, 4 जून (हि.स.)। राज्यमन्त्रीको रूपमा शपथ ग्रहणपछि आनन्दमय बर्मन बिहीवार सिलगढ़ी आइपुगे जहाँ उनलाई भव्य स्वागत गरियो। ट्रेन मार्फत उनी न्यू जलपाईगुड़ी स्टेशनमा आइपुग्नसाथ त्यहाँ उपस्थित भारतीय जनता पार्टी (भाजपा)-का कार्यकर्ता अनि समर्थकहरूले उनलाई उत्साहपूर्वक स्वागत गरे।

स्टेशन परिसरमा ढोल बजाएर उत्साहपूर्ण माहोलबीच कार्यकर्ताहरूले फूलमालाले उनलाई स्वागत गरे। यस अवसरमा फाँसीदेवाकी विधायक दुर्गा मुर्मू पनि उपस्थित थिइन।

त्यसपछि आनन्दमय बर्मन खुल्ला वाहनमा सवार भएर आफ्नो घर तर्फ प्रस्थान भए। बाटैभरि समर्थकहरूको भीड़ उनको साथमा अगाड़ि बढ़्यो। यस अवधि सम्पूर्ण क्षेत्रको माहोल उत्सव जस्तै भएको थियो।

यस अवसरमा पत्रकारहरूसित कुराकानी गर्दै राज्यमन्त्री आनन्दमय बर्मनले सबै कार्यकर्ता तथा समर्थकहरूलाई आभार प्रकट गरे। उनले पार्टीका शीर्ष नेतृत्व अनि मुख्यमन्त्रीप्रति पनि धन्यवाद ज्ञापन गर्दै भने, उनलाई दिइएको जिम्मेवारीलाई निष्ठापूर्वक पालन गर्नेछन्।

राजनीतिक टिप्पणी गर्दै उनले तृणमूल कङ्ग्रेसलाई लक्षित गरे अनि भने, आगामी दिनमा पार्टी टुक्रिएर अस्तित्व नै विलाउनेछ। उनले उत्तर बङ्गालको विकासमाथि बल दिँदै भने, अहिलेसम्मको उपेक्षा अब समाप्त हुनेछ। यो क्षेत्र द्रूत गतिमा विकासको दिशामा अग्रसर हुनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande