मन्त्री भएपछि कुचबिहार पुगेकी मालती रावा रायको भव्य रोड शो
मन्त्री भएपछि कुचबिहार पुगेकी मालती रावा रायको भव्य रोड शो


कुचबिहार, 04 जून (हि. स.)। मन्त्री पदको शपथ लिएपछि आफ्नो गृह जिल्ला कुचबिहार आइपुगेकी मालती रावा रायलाई बिहीवार भव्य स्वागत गरियो। बागडोगरा एयरपोर्टमा उत्रेपछि उनी सड़क मार्ग भएर कुचबिहार पुगिन् जहाँ पार्टी कार्यकर्ताहरू र समर्थकहरूमा व्यापक उत्साह देख्न पाइयो। उनको आगमनको अवसरमा शहरमा खुल्ला वाहनमा भव्य शोभायात्रा निकालियो। बाजागाजाको साथमा पार्टी कार्यकर्ता अनि समर्थकहरूको भीड़ले सम्पूर्ण कुचबिहार शहर गुञ्जयमान भयो। यस अवधि ठूलो सङ्ख्यामा मानिसहरूले सड़कमा उत्रेर उनलाई स्वागत गरे।

शोभायात्रापछि मन्त्री सोझै मदनमोहन मन्दिरमा पुगिन् जहाँ उनले पूजा-अर्चना गरी राज्य अनि जनताको खुशियालीको कामना गरिन्। तुफानगञ्ज विधनसभा क्षेत्रबाट जीत दर्ता गराएपछि मालती रावा रायलाई स्वतन्त्र प्रभारसितै राज्य मन्त्री बनाइएको छ।

यस अवसरमा उनले आफ्ना भविष्यका योजनाहरूलाई लिएर स्पष्ट सन्देश दिइन्। उनले भनिन्, तुफानगञ्जको विकासको लागि केही जनहितकारी कार्य उनको प्राथमिकतामा छ। यसमा जालधोआ पुलको निर्माण, महिला थानाको स्थापना औ महकुमा अस्पतालमा ब्लड ब्याङ्कको व्यवस्था सामेल छन्।

मन्त्रीले भनिन्, चुनाउ अवधि जनतासित गरिएका वाचाहरूलाई पूरा गर्नु नै मेरो पहिलो लक्ष्य हो। राजनीतिक जगतमा उनको यस विकासमूलक एजेण्डालाई धेरै महत्वपूर्ण मानिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande