
पश्चिम बर्दवान, 04 जून (हि.स.)। सालानपुर थाना क्षेत्रस्थित मेलाकला मोड़को छेउमा राष्ट्रिय राजमार्ग-19 मा बिहीवार बिहान एउटा भयानक सड़क दुर्घटना भयो जसमा डम्पर चालकले ज्यान गुमाए। कोइला लादिएको डम्परमा ट्रेलरसित ठोक्किएर आगो लाग्यो। घटनापछि चालक वाहनबाट बाहिर निक्लिन सकेन जसको वाहनभित्रै जलेर मृत्यु भयो।
दमकल विभागका कर्मचारीहरूले बताए, बिहान सवेरै 4:00 बजे उनीहरूलाई एकजना मर्निंग वकरले फोन कल गरेर जानकारी गरायो कि एउटा डम्बर र ट्रेलर आपस्तमा ठोक्किएर आगो लागेको छ। घटनाको सूचना पाएर उनीहरू घटनास्थलमा पुगे अनि आगोलाई नियन्त्रण गर्ने कार्यमा जुटे। आगो ठक्करको कारणले नै लागेको हो। डम्पर दुर्गापुरतिरबाट धनबाद तर्फ गइरहेको थियो। धनबाद तर्फ गइरहेको कोइला लादिएको डम्परले अचानक भयानक ठक्कर दियो। यस ठक्करमा डम्परको अघिल्लो भाग पूर्ण रूपले क्षतिग्रस्त भएको छ। चालक केबिनभित्रै फसिरह्यो।
दुर्घटना हुनसाथै डम्परमा आगो लाग्यो। आगो द्रूत गतिमा फैलिएर वाहनको केबिनसम्म पुग्यो जसले गर्दा केबिनमा फसेको चालक आफूलाई बचाउन असमर्थ भयो। हेर्दा-हेर्दै वाहनको अघिल्लो भाग पूर्ण रूपले आगोको चपेटमा पऱ्यो जहाँ फसेको चालकको जिउँदै जलेर मृत्यु भयो।
घटना बारे जानकारी पाउनसाथ सालानपुर थानाको पुलिस घटनास्थलमा पुग्यो। पुलिसले शवलाई कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि आसनसोल जिल्ला अस्पतालमा पठाइदिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा