कर्मचाारीको अभावमा समस्याग्रस्त समसी बिनापानी टाउन लाइब्रेरी
कर्मचाारीको अभावमा समस्याग्रस्त समसी बिनापानी टाउन लाइब्रेरी


मालदा, 04 जून (हि.स.)। जिल्लाको समसीस्थित ऐतिहासिक बिनापानी टाउन लाइब्रेरीमा कर्मचारीहरूको ठूलो अभाव रहेकोले यसको सञ्चालन सङ्कटमा परेको छ। 1968 सालमा स्थापित यो पुस्तकालय हाल एकजना मात्र चतुर्थश्रेणीको भरमा सञ्चालन हुँदै आइरहेको छ जसबाट स्थानीय पाठकहरू तथा पुस्तक प्रेमीहरूमा चिन्ता व्याप्त भएको छ।

लाइब्रेरीमा लगभग 12 हजार दुर्लभ तथा महत्वपूर्ण पुस्तकहरू छन् भने लगभग एक हजार पञ्जीकृत पाठक छन्। दिनहुँ 25-30 जना मानिसहरू यहाँ पढ़्न आउने गर्दछन्, तर लाइब्रेरियन, सहायक लाइब्रेरियन औ बुक बाइण्डर जस्तो आवश्यक पद पछिल्लो लामो समयदेखिकै रिक्त रहिआएको छ। पछिल्लो वर्ष 2017-मा अन्तिम लाइब्रेरियन सेवानिवृत्त भएदेखि अहिलेसम्म यहाँ नयाँ नियुक्ति भएको छैन।

लाइब्रेरीका एकमात्र कर्मचारी मतिउर रहमानले बताए, सुन्दर भवन र विशाल रीडिङ्ग रूम भए पनि कर्मचारीको अभावमा रखरखाउ तथा प्रशासनिक काम सम्हाल्न गाह्रो भइरहेको छ।

स्थानीय शिक्षक सरोज कुमार साहा र अन्य पाठकहरूको भनाइ छ, यो ज्ञानको केन्द्र अब उपेक्षाको शिकार भएको छ। डिजीटल युगमा पनि नयाँ पिँढ़ीलाई किताबहरू तर्फ आकर्षित गराउनमा लाइब्रेरीको महत्वपूर्ण भूमिका हुन्छ, तर कर्मचारीहरूको अभावले यस उद्देश्यमा बाधा दिरहेको छ। लाइब्रेरीलाई सुचारू रूपमा सञ्चालन गर्नको लागि चाँड़ै नै सरकारी कदम उठाउने माग समेत उनीहरूले गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande