पूर्व परिवहन मन्त्री स्नेहाशिष चक्रवर्तीले राजनीतिबाट सन्यास लिए
पूर्व परिवहन मन्त्री स्नेहाशिष चक्रवर्तीले राजनीतिबाट सन्यास लिए


हुगली, 04 जून (हि.स.)। पश्चिम बङ्गालका पूर्व परिवहन मन्त्री औ तृणमूल कङ्ग्रेसका वरिष्ठ नेता स्नेहाशिष चक्रवर्तीले सक्रिय राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन्। बिहीवार हुगली जिल्लाको कोन्नगरस्थित कानाइपुरस्थित आफ्नो आवासमा उनले भने, अब उनी सक्रिय राजनीतिमा फर्किन चाँहदैनन्।

उनले स्पष्ट पारे, भविष्यमा उनी कुनै पनि राजनीतिक दलसित जोड़िने छैनन्। तथापि उनले लेखन, राजनीतिक विश्लेषण औ विभिन्न सामाजिक विषयहरूमा आफ्नो विचार व्यक्त गर्ने माध्यबाट सार्वजनिक जीवनमा सक्रिय रहने जानकारी दिए।

उल्लेखनीय छ, हालैमा भएको विधानसभा चुनाउमा हुगली जिल्लाको जाङ्गीपाड़ा विधानसभा सीटबाट चुनाउ लड़ेका स्नेहाशिष चक्रवर्तीलाई भाजपा उम्मेद्वारबाट सामान्य अन्तरमा हारको सामना गर्नु परेको थियो। चुनाउ परिणाम घोषणा भएदेखि नै उनी राजनीतिक गतिविधिदेखि लगभग टाँड़िएका थिए। यहाँसम्म कि तृणमूल कङ्ग्रेस प्रमुख ममता ब्यानर्जीद्वारा आयोजित विभिन्न राजनीतिक कार्यक्रमहरूमा पनि उनको उपस्थिति देखिएन। लामो समयदेखिको व्याप्त उनको राजनीतिक मौनतालाई लिएर विभिन्न अड़कल लगाइँदैथ्यो। अन्ततः बिहीवार उनले सार्वजनिक रूपमा सक्रिय राजनीतिदेखि अलग्गिने निर्णयको घोषणा गरे।

उनले आफ्नो बयानमा कुनै राजनीतिक विवाद वा सङ्गठनात्मक कारणको उल्लेख गरेनन्। यसलाई आफ्नो व्यक्तिगत फसेला बताए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande