जिल्लामा एसआईआर जारी: छैटौं दिनसम्म ३१,३९५ गणना फारम वितरित
Sir continues


सोरेङ, 04 जून (हि.स.)। सोरेङ जिल्लामा चलिरहेको विशेष गहन पुनरीक्षण (एसआईआर) २०२६ अन्तर्गत घर-दैलो गणना फाराम वितरणको छैटौँ दिन आज कुल ८,०८७ वटा फाराम वितरण गरिएको छ। जिल्लामा हालसम्म कुल ३१,३९५ वटा गणना फाराम वितरण भइसकेको छ, जुन जिल्लाका कुल मतदाताको ५०.४१ प्रतिशत हो।

विधानसभा निर्वाचन क्षेत्रअनुसार हालसम्म वितरण भएका गणना फारामहरूको विवरण:

रिन्चेनपोङ निर्वाचन क्षेत्र : ८,४९४

दारमदिन निर्वाचन क्षेत्र : ८,३२४

सोरेङ-च्याखुङ निर्वाचन क्षेत्र : ९,३४२

सालघारी-जुम निर्वाचन क्षेत्र : ५,२३५

घर-दैलो कार्यक्रम 28 जून, २०२६ सम्म निरन्तर सञ्चालन हुनेछ। यस अवधिमा बुथ लेभल अफिसरहरू प्रत्येक घरधुरीमा पुगेर गणना फाराम वितरण गर्ने तथा मतदाताहरूलाई आफ्नो विवरण प्रमाणीकरण र अद्यावधिक गर्न सहयोग गर्नेछन्।

मतदाताहरूलाई आफ्नो नाम, उमेर, ठेगाना, फोटो, नम्बर तथा पारिवारिक विवरण सावधानीपूर्वक जाँच गरी सही रूपमा भरेको फाराम निर्धारित समयभित्र बुझाउन अनुरोध गरिएको छ।

यस विशेष गहन पुनरीक्षणको मुख्य उद्देश्य सबै योग्य नागरिकलाई मतदाता नामावलीमा समावेश गर्नु, मृत्यु भइसकेका, बसाइँ सरेका वा दोहोरो रूपमा दर्ता भएका मतदाताको नाम हटाउनु, मतदाता विवरणमा भएका त्रुटिहरू सच्याउनु तथा मतदाता नामावलीको शुद्धता र पारदर्शिता कायम राख्नु हो।

घरदैलो प्रमाणीकरण प्रक्रियाका क्रममा बीएलओहरूलाई पूर्ण सहयोग पुर्‍याई निर्धारित समयभित्र गणना फाराम बुझाउन सम्पूर्ण मतदातासमक्ष अनुरोध गरिएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande