
कोलकाता, 04 जून (हि.स.)। कोलकातामा फेरि एकपटक तृणमूल कङ्ग्रेसका एक जना पार्षदको पक्राउको घटनापछि राजनीतिक खैलाबैला तीव्र भएको छ। 114 नम्बर वार्डका पार्षद विश्वजीत मण्डललाई एकजना महिलाद्वारा दुष्कर्म तथा धम्की दिएको गम्भीर आरोप लगाइएपछि पुलिसले पक्राउ गरेको हो। यो पक्राउपछि पक्रा पर्ने कोलकाता नगरनिगमका पार्षदहरूको सङ्ख्या चार पुगेको छ।
जानकारी अनुसार महिलाले आरोप लगाएकी छन्, पछिल्लो वर्ष 2024- को मार्च महिना र 9 मईको दिन पार्षद विश्वजीत मण्डलले उनीमाथि दुष्कर्म गरेका थिए। साथै अभद्र भाषा प्रयोग गर्दै धम्की पनि दिएका थिए। महिलाको सिकायत प्राप्त भएपछि रीजेन्ट थानाको पुलिसले कारबाही गर्दै उनलाई हिरासतमा लियो।
विश्वजीत मण्डलले पछिल्लो लामो समयदेखिकै 114 नम्बर वार्डको प्रतिनिधित्व गर्दै आइरहेका थिए भने उनी वर्ष 2010, 2015 र 2021-मा लगातार पार्षद चुनिएका थिए। उनको नाम टालीगञ्ज विधानसभा क्षेत्रसित जोड़िएको छ भने स्थानीय स्तरमा उनलाई एकजना प्रभावशााली राजनीतिक व्यक्तित्व मानिन्छ।
बितेका केही दिनभित्रमा कोलकाता नगरनिगमका चार जना तृणमूल पार्षदहरूलाई पक्राउ गरिसकिएको छ। गत 23 मईको दिन 123 नम्बर वार्डका पार्षद सुदीप पोल्लेलाई कथित असुलीको आरोपमा पक्राउ गरिएको थियो भने 2 जूनमा 36 नम्बर वार्डका सचिन सिंह अनि 106 नम्बर वार्डका अरिजीत दासलाई पनि असुलीको आरोपमा पुलिसले हिरासतमा लिएको थियो। यस अतिरिक्त 42 नम्बर वार्डका पार्षद महेश कुमार शर्मालाई पनि धम्की तथा अन्य आरोपहरूमा गए बुधवार राती पक्राउ गरियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा