
कोलकाता, 04 जून (हि.स.)। पश्चिम बङ्गालकी पूर्व मुख्यमन्त्री एवं तृणमूल कङ्ग्रेस प्रमुख ममता ब्यानर्जीले नीट परीक्षार्थीको आत्महत्यामाथि दुःख व्यक्त गर्दै केन्द्र सरकार अनि देशको वर्तमान परीक्षा व्यवस्थामाथि धारिलो प्रहार गरेकी छन्। उनले भनिन्, यो घटना केवल एक व्यक्तिगत त्रासदी होइन, देसको शिक्षा प्रणालीमा व्याप्त अनिश्चितता तथा अव्यवस्थाको प्रतीक हो।
पूर्व मुख्यमन्त्रीले बिहीवार सोशल मीडिया मञ्च ‘एक्स’-मा जारी एक पोस्टमा मृतक छात्रका परिवारजनप्रति संवेदना व्यक्त गर्दै भनिन्, देशले एकजना प्रतिभाशाली युवालाई गुमाएको छ जोसित भविष्यका धेरै वटा सपनाहरू थिए। उनले भने, एउटा सपना मरे पनि यसलाई परिवारलाई पुऱ्याएको दुःख-पीड़ाको प्रतिध्वनि लामो समयसम्म सुनिनेछ।
ममता ब्यानर्जीले केन्द्र सरकारका नीति तथा परीक्षा प्रणालीको आलोचना गर्दै भनिन्, यस्तो घटना एउटा मात्र होइन। पेपर लीक, बारम्बार भइरहेका अनियमितता तथा प्रशासनिक विफलताहरूले विद्यार्थीहरूको भविष्यलाई प्रभावित पारिरहेको छ। उनले आरोप लगाइन्, वर्तमान व्यवस्थामा योग्यतालाई दाउमा हानिएको छ भने युवाहरूको आशा निराशामा परिणत भइरहेको छ।
पूर्व मुख्यमन्त्रीले आफ्नो बयानमा केन्द्रको भाजपा सरकारलाई लक्षित गर्दै भनिन्, यो अमानवीय शासनले देशका युवाहरूलाई लगातार ठगिएको र निराश महसूस गराइरहेको छ।
उल्लेख्य, ममता ब्यानर्जीले आफ्नो पोस्टसितै एउटा समाचार रिपोर्ट पनि साझा गरेकी छन् जसमा एकजना नीट परीक्षार्थीद्वारा कथित रूपमा फेरि परीक्षा दिने साहस जुटाउन नसकेको बताउँदै आत्महत्या गरिएको उल्लेख गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा