
दक्षिण दिनाजपुर, 4 जून (हि.स.)। जिल्लाको बुनियादपुर ट्राफिक मोड़मा अवस्थित एउटा कपड़ा गोदाममा बिहीवार बिहान भयानक आगो लाग्यो। घटनापछि क्षेत्रमा कोकोहोलो मचियो। द्रूत गतिमा फैलिएको आगोले क्षणभरमै कपड़ा गोदामलाई खरानीमा परिणत गरिदियो। यस घटनामा वरपर अवस्थित व्यवसायी समितिको दुई तले भवनको एक भाग, व्यापारीको निजी दुई तले भवन, एउटा स्टेशनरी शप तथा एउटा विदेशी मदिराको पसललाई पनि आंशिक क्षति पुगेको छ।
स्थानीय सूत्र अनुसार बिहान लगभग साढ़े आठ बजे स्थानीय मानिसहरूले सबैभन्दा पहिला गोदाममा धुँवासितै आगो बलिरहेको देखे। सूचना पाउनसाथ दमकलका दुई वटा वाहन घटनास्थलमा पुग्यो अनि लगभग डेढ़ घण्टासम्म कड़ा परिश्रम गरेर आगोलाई नियन्त्रण गऱ्यो।
भनिन्छ, गोदाम मालिक बिहान काम शुरू भएपछि नजिकैको पसलमा चिया पिउन गएका थिए। यसै अवधि उनले गोदामबाट धुँवा आइरहेको देखेर गुहार मागे। उनको आवाज सुनेर ट्राफिक ड्यूटीमा तैनाथ कर्मी अनि स्थानीय मानिसहरू घटनास्थला पुगे। प्राथमिक अनुमानमा गोदाममा बालिएको अगरबत्ती वा मच्छर भगाउने कोइलले आग लागेको हुनसक्छ। यस आगलागीमा बिजुलीको तार र सञ्चारका तार पनि जलेर नष्ट भएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा