
सिलगढ़ी, 04 जून (हि.स.)। सिलगढ़ीको दुई नम्बर डाबग्राम अञ्चल अधिनस्थ फकदईबाड़ी क्षेत्रमा अवस्थित एउटा आँगनबाड़ी केन्द्रबाट चामल चोरेको आरोपलाई लिएर बिहीवार क्षेत्रमा व्यापक खैलाबैला भयो। आरोप छ, केन्द्रकी एकजना महिला कर्मीले प्लास्टिकको ब्यागमा चामल भरेर टोटो मार्फत कतै लगिरहेकी थिई। स्थानीय मानिसहरूलाई शङ्का लागेपछि उनीहरूले महिलाको जाँच गरी चोरी गरेको समाते। यस घटनापछि क्षेत्रको माहोल तनाउपूर्ण भयो।
भनिन्छ, ती महिला कर्मीबाट चामल भरिेको ब्याग पनि जफत गरियो। क्षेत्रमा बबाल भएको सूचना पाएर आशिघर चौकी पुलिस घटनास्थलमा पुग्यो अनि स्थितिलाई नियन्त्रण गऱ्यो। पुलिसले आरोपी महिलालाई जाँचबुझ गर्नको लागि हिरासतमा लिएको छ।
स्थानीय मानिसहरूले दाबी गरेका छन्, महिलामाथि पहिला पनि नानीहरूको भोजन सामग्री चोरी गरेको आरोप लागिसकेको छ। तथापि आरोपी महिलाले सबै आरोपलाई अस्वीकार गरेकी छे। पुलिसको भनाइ छ, मामिलाका सबै पाटोहरूको जाँच गरिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा